माडी (स्थानीय) खबर पोष्ट

माडीमा ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट प्रस्तावित

माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट विनियोजन गरेको छ । यसमध्ये अन्तरसरकारी वित्तिय हस्तान्तरण अर्थात संघीय र प्रादेशिक सरकार तथा जिल्ला समन्वय समिति लगायतका

यि हुन् माडी न.पा. का ६ बुँदे प्राथमिकताका क्षेत्रहरू

माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८का लागि ६ बुँदे प्राथमिकताका क्षेत्रहरू चयन गरेको छ । नगरपालिकाले चयन गरेको प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास; शिक्षा र स्वास्थ्य; वातावरण तथा सरसफाई र बिपद व्यवस्थापन; युवा तथा खेलकुद;

माडीमा पहिलोपटक मेसिनबाट धान रोपाईं

माडी नगर क्षेत्रमा पहिलोपटक मेसिनबाट धान रोपाईं हुने भएको छ । माडी-८, कान्तिपुर गाउँस्थित चक्लाबन्दीमा आधारित सुर्योदय सामुहिक खेतीमा आउँदो असार १५ गते मेसिनबाट रोपाईं सुरु हुन लागेको हो । धान दिवसको अवसर पारी

माडी न.पा.को पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदै

माडी नगरपालिकाको पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदैछ । माडीको बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा सञ्चालन हुन लागेको सो नगर सभा दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ । नगरप्रमुखको अध्यक्षतामा संसद सञ्चालनकै

काेराेना संक्रमण पुष्टी भई भरतपुरमा उपचार गराइरहेका माडीका सबै ६ जना डिस्चार्ज

माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनबाट कोरोना संक्रमण पुष्टी भई भरतपुरमा उपचार गराइरहेका सबै ६ जना डिस्चार्ज भएका छन् । सुरुमा कोरोना विशेष अस्थायी अस्पताल र पछि भरतपुर अस्पतालमा सारिएर उपचार गरिएका माडीका १ जना

माडी गोपालनगरका युवाहरुद्वारा गाउँभर सडक बत्ती जडान

रातको समयमा सडकको अँध्यारो हटाउने प्रयासमा माडी गोपालनगरका युवाहरुले गाउँभर सडक बत्ती जडान गरेका छन् । माडी न.पा.-७, गोपालनगर र गौरीनगर टोलबासीहरुको निर्णयबाट टोल सुधार समितिको बजेटमार्फत युवाहरुले गाउँको मुख्य सडकमा रहेका हरेक पोलहरुमा

माडीका सबै वडाहरुमा विपद् व्यवस्थापन योजना बनाइने

बाढीजन्य विपद्ले सताउँदै आएको माडी नगर क्षेत्रका सबै वडाहरुमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था आर.आर.एन.ले विपद् व्यवस्थापन योजना बनाउने भएको छ । बाढीजन्य विपद्को क्षेत्रमा क्रियाशील सो संस्थाले गतबर्ष माडी नगरपालिका वडा नं. ३, ५

कोरोना संक्रमितहरुको उपचारमा माडी नगरपालिकाकाे प्रशंसनिय काम

माडी नगरपालिकाले नगर क्षेत्रका कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरेको बघौंडा अस्पतालको आइसोलेशन केन्द्रलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । माडी क्याम्पसभित्र बनाइएको आइसोलेशन केन्द्रमा हाल ७ जना कोरोना संक्रमितहरुको क्लोज अब्जर्भेशनमा उपचार

निकुञ्ज प्रशासनले अवरोध गरेको भन्दै माडीको सुकुम्बासी समुदाय आन्दोलित

माडी नगरपालिकाद्वारा सञ्चालित विभिन्न योजनाहरुमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले अवरोध गरेको भन्दै माडीको सुकुम्बासी समुदाय आन्दोलनमा उत्रिएको छ । नगरपालिकाबाट विनियोजित रु. ५ लाख बजेटबाट बाँदरझुलामा बाटो स्तरोन्नति भइरहँदा निकुञ्ज प्रशासनले काम रोक्न लगाई