स्वदेशपोष्ट विशेष

निःशुल्क मुटु तथा जनरल स्वास्थ्य शिविर माडीकाे बघाैडा अस्पतालमा सम्पन्न

चितवन मेडिकल कलेज, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र जयन्ती मेमोरियल ट्रष्टको संयुक्त आयोजना तथा माडी नगरपालिकाको सहयोगमा सोमबार निःशुल्क मुटु तथा जनरल स्वास्थ्य शिविर माडीकाे बघाैडा अस्पतालमा सम्पन्न भएको छ ।

२७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा माडीको बसन्तपुरमा विशेष कार्यक्रम गरियाे

२७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज सोमबार माडीको बसन्तपुरमा अपाङ्ग दिवश विशेष कार्यक्रम सम्पन्न गरिएको छ । माडीको बसन्तपुरस्थित खुला चौरमा सम्पन्न हाम्रो सवाल नगर प्रमुखको जवाफ विषयक सो कार्यक्रममा माडी नगरपालिकाका नगरप्रमुख

माडीको बघौडा अस्पतालमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

माडीको बसन्तपुरस्थित बघौडा अस्पतालमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर अाइतबार सम्पन्न भएको छ । माडी नगरपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी चितवन शाखा, नेपाल रेडक्रस सोसाइटी गर्दी, बघौंडा, कल्याणपुर र अयोध्यापुरी उपशाखा र नारायणगढ उपशाखाको

कल्याणपुर डाँडागाउँ खानेपानी परियोजना अन्तरगत बहुपक्षीय छलफल सम्पन्न

पश्चिमी माडीको कल्याणपुर र डाँडागाउँ क्षेत्रमा खानेपानी उपलब्ध गराउनका सञ्चालित कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई परियोजना अन्तरगत आइतबार बहुपक्षीय छलफल गरिएको छ । कल्याणपुर खानेपानी उपभोक्ता समिति, वाइन टु वाटर नेपाल र परियोजनाका उपभोक्ताहरुबिच

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत माडीमा विद्यालय शिक्षण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आइतबार माडीको गोबिन्दबस्ती आधारभूत विद्यालयमा लैङ्गिक हिंसा बिरुद्धको विद्यालय शिक्षण कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिकाको महिला समन्वय समितिका संयोजक कोपिला सिवाकोटीको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रमको अतिथिहरुमा

सामरी उत्थान सेवाद्वारा आइतबार देखि संस्थागत विकास तालिम सुरु

सामरी उत्थान सेवा अन्तरगतको सामाजिक आर्थिक उत्थानद्वारा सामुदायिक सशक्तिकरण परियोजनाको आयोजनामा आइतबार देखि संस्थागत विकास तालिम सुरु भएको छ । सामरी उत्थान सेवाले माडीको चौकीडाँडा, इन्द्रबस्ती, कान्तिपुर, बगहीँ लगायतका ठाउँहरुमा गठन गरेका टोल विकास

माडीका वामपन्थी नेता भुसालको स्मृतिमा शनिबार श्रद्धाञ्जलीसभा सम्पन्न

संरक्षणकर्मी तथा माडीका वामपन्थी नेता यमकान्त भुसालको स्मृतिमा शनिबार उहाँको निवासमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माडी नगर कार्यालयद्वारा आयोजित सो श्रद्धाञ्जलीसभामा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधीहरुले समेत दिवंगत यमकान्त

नेपाल तामाङ्ग घेदुङ्ग माडी नगर समितिको नयाँ कार्यसमिति गठन

नेपाल तामाङ्ग घेदुङ्ग माडी नगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । शनिबार माडीको बरुवा बजारस्थित छेसाङ्ग बौद्ध गुम्बा परिसरमा सम्पन्न नगरस्तरीय समिति गठन कार्यक्रमबाट अमित कुमार लामाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको

छरछरे कृषि सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

छरछरे कृषि सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भोजराज अर्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि पशु सेवा केन्द्र माडीका प्रमुख गोपाल अधिकारी तथा