मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

बिषालु प्रजातीको बन तरुल खाँदा माडीको लक्ष्मुनिया गाउँमा एकजनाको मृत्यु

  • A
  • A+
  • A++

माडी, चितवन । बिषालु प्रजातीको बन तरुल खाँदा माडीको लक्ष्मुनिया गाउँमा एकजनाको मृत्यु भएको छ ।

विज्ञापन १

पानीको मुहान सफा गर्न शनिवार बिहान स्थानीय सामुदायिक वनस्थित मुहान क्षेत्रमा जाँदा सेतो रंगको बन तरुल काँचै खानुभएका माडी-१, लक्ष्मुनियाँ निवासी ६४ बर्षीय जयनारायण ढकालको दुःखद् मृत्यु भएको हो ।

विज्ञापन २

बन तरुल खाई घर फर्किनुभएका उहाँलाई ढिलोगरी स्वास्थ्यमा समस्या देखापरेको थियो । अस्वस्थ भएलगत्तै परिवारले उहाँलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेकोमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । वनमा भेटिने जंगली तरुल, च्याउ र अन्य फलफूल बिषालु हुनसक्ने भएकाले राम्ररी चिनेर मात्रै सेवन गर्न हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । (प्रतिकात्मक फोटो)

विज्ञापन ३

तपाईको प्रतिक्रिया