जंगली जनावरहरुको बस्ती प्रवेश रोक्न शिवद्वारमा गरियाे सोलार फेन्स र मेसजालीको मर्मत

219
SwadeshPost

जंगली जनावरहरुको बस्ती प्रवेश रोक्न मध्यपूर्वी माडीको शिवद्वारबासीहरुले सोलार फेन्स र मेसजालीको मर्मत र सरसफाई गरेका छन् ।

मकै बाली भित्र्याउने र धानको बीउ राख्ने क्रम चल्दैगर्दा बाली विनाशक जंगली जनावरहरु छेक्न गाउँलेहरु जुटेका थिए । गत जेष्ठ ८ गतेदेखि सोलार फेन्स र मेसजालीको मर्मत तथा त्यस वरपरको घाँस र झाडी सफाई सुरु भएकोमा हालै काम सकिएको स्थानीय युवा गणेश थापा बताउनुहुन्छ । मर्मतपछि फेन्सको सफल परीक्षण समेत पुरा गरी फेन्समा करेन्ट प्रवाह सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

सो सोलार फेन्समा रातीसंगै दिउँसो पनि सोलार फेन्समा करेन्ट प्रवाह भइरहेकाले घरपालुवा चौपाया जथाभावी नछाडी नियन्त्रणमा राख्न तारबार मर्मत सम्भार समितिले सुचना समेत गरेको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको सहयोगमा लगाइएको मेसजाली सहितको सोलार फेन्सले धेरै हदसम्म जंगली जनावरहरु रोक्ने गरेको स्थानीय उपभोक्ताहरुको भनाई छ ।

SwadeshPost