माडीका व्यवसायिक कृषि फर्मका पशुहरुलाई खोरेत रोग बिरुद्धको खोप लगाइयाे

471
SwadeshPost

७ फागुन, चितवन । माडीका व्यवसायिक कृषि फर्ममा पालिएका पशुहरुलाई खोरेत रोग बिरुद्धको खोप लगाइएको छ ।भरतपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा माडीका व्यवसायिक पशुपालन फर्महरुमा रहेका पशुहरुलाई खोरेत बिरुद्धको खोप लगाइएको हो । बुधवारबाट सुरु भएको खोप अभियान अन्तरगत शुक्रबारसम्म करीब ३९८ पशुहरुमा खोरेत विरुद्धको खोप लगाइएको माडी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

पशुस्वास्थ्य बिज्ञहरुका अनुसार खोरेत सरुवा पशुरोग हो । यो रोग लागेमा पशुहरूका खुर पाक्नुको साथै कडा ज्वरो आउने, झोक्य्राएर बस्ने, थुतुनो सुख्खा हुने, घाँसपात नखाने, कम उग्राउने जस्ता लक्षणहरू पनि देखा पर्छन् । खोरेत रोगको बेलैमा उपचार नभए रोगी पशुको मृत्यु समेत हुनसक्छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost