लिभिङ विथ टाइगर्स परियोजनाद्वारा बागवानी कृषक कार्यशाला सम्पन्न
पूर्वी माडीको कृष्णनगरमा लिभिङ विथ टाइगर्स परियोजनाद्वारा बागवानी कृषक कार्यशाला सम्पन्न भएको छ । वातावरणीय शुसासन कार्य समूहले सञ्चालन गरिरहेको सो परियोजनाले पूर्वी माडीका ९ जना कृषकहरुलाई प्रयोगात्मक रुपमा बागवानी तालिम दिएको हो ।
सिटिइभिटीको छोटो अवधीको तालिम अन्तरगत कुक तालिम सुरू
दिवाकर स्मृति प्राविधिक शिक्षालयले सञ्चालन गरिरहेको छोटो अवधीको तालिम कार्यक्रम अन्तरगत ३ वटा तालिम कार्यक्रमहरु सुरुवात भएका छन् । माडीको बसन्तपुरस्थित मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेसमा २ वटा समुहलाई कुक तालिम दिन सुरु गरिएको
ठोरी स्पोर्टस् क्लब, माडी गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश
बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत आइतबार सम्पन्न एकमात्र खेलमा ठोरी स्पोर्टस् क्लब, पर्सा बिजयी भएको छ । ठोरीले टाइब्रेकरमा भरतपुर फुटबल क्लबलाई पराजित गरेको हो । निर्धारित समयसम्म २-२ गोलको बराबरी भएसंगै
शिशुकल्याण आ.वि.स्याउलीबासको ३६औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न
शिशुकल्याण आधारभूत विद्यालय स्याउलीबासको ३६ औं बार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यमनाथ पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका निवृत्त शिक्षकद्वय टिकाराम आचार्य र खडानन्द
कुसुमखोलाको चेपाङ् समुदाय सहज जीवनयापनको खोजीमा बसाई सर्दै
कुसुमखोलामा दुखजिलो जीवनयापन गरिरहेको चेपाङ् समुदाय सहज बसाइको खोजीमा ईन्द्रबस्ती र जीवनक्षेत्रमा बसाई सर्न थालेका छन् । रीउको बाढी र जंगली जनावरको निरन्तरको आक्रमणबाट आजित भएका माडी कुसुमखोलाबासीहरु सहज जीवनयापन, शिक्षा, स्वास्थ्य र अन्य
माडीको बसन्तपुरमा आइतबारदेखि संगीतमय योग शिविर सञ्चालन सुरु
माडीको बसन्तपुरमा आज आइतबारदेखि संगीतमय योग शिविर सञ्चालन सुरु भएको छ । बसन्तपुर बजारको खेल मैदानमा आउँदो बैशाख १२ गतेसम्म दैनिक बिहान ५ देखि ७ बजेसम्म योग शिविर सञ्चालन हुनेछ । माडी नगरपालिकाको आयोजनामा
वन्यजन्तु सप्ताहको अवसर पारी बन्यजन्तु पीडितलाई राहत वितरित
रेवा मध्यवर्ती उपभोक्ता समिति कल्याणपुरले बन्यजन्तु पीडित परिवारलाई राहत रकम वितरण गरेको छ । २४औं वन्यजन्तु सप्ताहको अवसर पारी सो समितिले बन्यजन्तुको आक्रमणबाट घाइते र बन्यजन्तुहरुबाट मृत्यु भएको परिवारलाई कुल १ लाख ८० हजार
बनकट्टामा बोटे भाषा, वर्ण र लेखन शैली सम्बन्धी दुईदिने तालिम सुरु
माडी नगरपालिका १ बनकट्टास्थिति बोटे टोलमा बोटे भाषा, वर्ण र लेखन शैली सम्बन्धी दुईदिने तालिम सुरु भएको छ । नेपाल बोटे समाज, चितवनको आयोजनामा सञ्चालित सो तालिममा माडी क्षेत्रका ४० जना बोटे समुदायका अगुवा
माडी गोल्डकपमा स्टार स्पोर्टस् र नयाँ बस्ती फुटबल क्लब दोश्रो चरण प्रवेश
बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत शनिवारका खेलहरु जित्दै स्टार स्पोर्टस् क्लब, बरुवा र नयाँ बस्ती फुटबल क्लब दोश्रो चरण प्रवेश गरेका छन् । आज शनिवारको पहिलो खेलमा अभिषेक चर्च रजहरलाई स्टार स्पोर्टस्