Post By: स्वदेश न्यूज डेस्क

नेकपा अध्यक्ष प्रचण्डसंगै संघीय शिक्षा र भाैतिक याेजना मन्त्री माडी आउँदै

माडी क्याम्पसको प्रथम ऐतिहासिक क्याम्पस–सभा उद्घाटनका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ माडी आउँदै हुनुहुन्छ । प्रचण्डसंगै शिक्षामन्त्री गिरीराजमणी पोखरेल र भाैतिक

आधारभूत बिद्यालय सिम्रहनीको १९ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

सुस्त मनस्थिति भएका फरक तवरबाट सक्षम विद्यार्थीहरुले अध्ययन गर्ने माडीकै एकमात्र विद्यालयका रुपमा रहेको माडी न.पा.–२, सिम्रहनीस्थित आधारभूत बिद्यालयको १९ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । विद्यालय परिसरमा

प्रधानमन्त्री रोजगार कार्यक्रममा माडीका ‘बेरोजगारहरु’ले फारम भर्दै

संघीय सरकारले सञ्चालन गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन माडी नगरक्षेत्रका बेरोजगार व्यक्तिहरुले फारम भरिरहेका छन् । गत शुक्रबारसम्म माडीका वडा कार्यालयहरुमा ३ देखि २५ वटासम्म फारम संकलन भएको माडी नगरपालिकाका रोजगार संयोजक यमुना

माडीमा कक्षा ८को आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतीजा प्रकाशित

माडी नगर क्षेत्रमा सञ्चालित कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतीजा प्रकाशित भएको छ । कूल ७०१ जना परीक्षार्थी रहेकोमा परीक्षामा ४ जना अनुपस्थित भई ६९७ जना परीक्षामा सामेल भएका थिए । कूल

पाँचपाण्डव गोद्धक मेलामा लोकदोहोरी गायक मिलन लामाको प्रस्तुती रहने

पाँचपाण्डव र गोद्धक क्षेत्रमा लाग्ने रामनवमी चैतेदशैं मेलाको तयारीस्वरुप मेला मूल आयोजक समिति र स्थानीय सरोकारवालाहरुको संयुक्त बैठक सम्पन्न भएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, चोरी शिकार प्रतिरोध युवा जागरण अभियान पाँचपाण्डव, नेपाली

सोमेश्वरगढी मेलामा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

मदिरा सेवन र बेचबिखनमा रोक लगाइएको सोमेश्वरगढी मेलामा लुकाईछिपाई लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय छरछरेले नियन्त्रणमा लिएको छ । बि.ओ.पी. छरछरेले २ कार्टुन बियरसहित करीब २० हजार रुपैंया बराबरको मदिरा

माडी क्याम्पसको प्रथम क्याम्पस सभा आउँदो चैत २७ र २८ गते आयोजित

माडी क्याम्पसको प्रथम क्याम्पस सभा आउँदो चैत २७ र २८ गते आयोजना गरिएको छ । चैत्र २७ गते क्याम्पस परिसरमा आयोजित क्याम्पस सभामा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा माडी क्षेत्रका सांसद पुष्पकमल दाहाल

सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन माडीको चौधरी समुदायको आग्रह

परापूर्वकालदेखि सोमेश्वर मन्दिरमा पूजाआजा गरिआएको माडीको चौधरी समुदायले सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन अनुरोध गरेको छ । रामनवमी चैतेदशैं मेलाको अवसरमा सोमेश्वर कालीका देवीको पूजा गर्दा पशुपंक्षी बली नदिन अनुरोध गरेको हो । विगतमा

अयोध्यापुरी मध्यवर्ती सहकारीको रणनीतिक योजना निर्माण कार्यक्रम सुरु

अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रणनीतिक योजना निर्माण कार्यक्रम सुरु भएको छ । अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारमा जारी सो कार्यक्रममा सहकारीका सञ्चालक, सल्लाहकार, पदाधिकारी तथा लेखा समितिका सदस्यहरुको सहभागिता रहेको