चितवन खबर पोष्ट

माडीको बसन्तपुरमा सञ्चालन हुनलागेको दोश्रो साँस्कृतिक मेलाको तयारी सुरु, मेलास्थल सम्याइँदै

माडी, चितवन । आउँदो फागुन २२ गतेदेखि माडीको बसन्तपुरमा सञ्चालन हुने दोश्रो साँस्कृतिक तथा पर्यटन मेलाको तयारी सुरु भएको छ । मेलास्थलमा घेराबार लगाउनुका साथै चौरको क्षेत्रफल बढाउन ग्राभेल सम्याउने काम सोमबारदेखि सुरु भएको

चितवन जिल्ला पुन समाजको अध्यक्षमा धन बहादुर गर्बुजा पुन चयन

माडी, चितवन । चितवन जिल्ला पुन समाजको अध्यक्षमा धन बहादुर गर्बुजा पुन चयन हुनुभएको छ । शनिवार माडीको अध्योध्यापुरी मध्यवर्ती शिवद्वार होमस्टेकोे सभाहलमा सम्पन्न पुन समाजको अधिवेशन कार्यक्रमबाट धनबहादुर गर्बुजा पुनको अध्यक्षतामा १५ सदस्यीय

माडीको बरुवामा सञ्चालित मलद्वार तथा पायल्स रोग सम्बन्धी शिविरमा १०३ जनाले लिए स्वास्थ्य सेवा

माडी, चितवन । माडीको बरुवामा सञ्चालित मलद्वार तथा पायल्स रोग सम्बन्धी निःशुल्क शिविरमा १०३ जनाले स्वास्थ्य सेवा लिएका छन् । हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपार्क (नारायणगढ)संगै नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, सोमेश्वर माध्यमिक विद्यालय

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको सरुवा

माडी, चितवन । माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको सरुवा भएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलको भरतपुर महानगरपालिकामा उपसचिव तहको जिम्मेवारीमा सरुवा भएको हो । कपिलबस्तु नगरपालिकाबाट २०७९ फागुन २ गते सरुवा

पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने

माडी, चितवन । माडीको बरुवा बजारमा फागुन १३ गतेबाट सञ्चालन हुनलागेको पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने भएको छ । फागुन १३ गते शोभायात्रा

माडी–९ को सार्वजनिक सुनुवाई सम्पन्न, वडाबासीले उजागर गरे दर्जनौं महत्वपूर्ण सवाल

माडी, चितवन । माडी–९ वडाबासीले वडाध्यक्ष एवं वडा कार्यालयसमक्ष वडाका योजना, कार्यक्रम र विकास निर्माण सम्बन्धी दर्जनौं सवाल उजागर गरेका छन् । स्वदेश एफ.एम.को सहजिकरणमा शुक्रबार वडा कार्यालय परिसरमा सम्पन्न वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा

माडी-८को वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न, सहभागीहरूद्वारा दर्जनौं सवाल उजागर

माडी, चितवन । माडी-८ वडाबासीले वडाध्यक्ष एवं वडा कार्यालयसमक्ष वडाका योजना, कार्यक्रम र विकास निर्माण सम्बन्धी दर्जनौं सवाल उजागर गरेका छन् । स्वदेश एफ.एम.को सहजिकरणमा बिहीबार वडा कार्यालय परिसर, खरकट्टामा सम्पन्न वडास्तरीय सार्वजनिक सुनुवाई

पूर्व प्रहरी संगठनको आयोजनामा माडीमा लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालित

फागुन ७, चितवन । पूर्व प्रहरी एवं भूतपूर्व सैनिक संगठनको आयोजनामा माडीमा लागुऔषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन भएको छ । माडी-३ वडा कार्यालयको सहयोगमा सो वडा कार्यालयकै सभाहलमा सञ्चालित सचेतना कार्यक्रममा वडा नं.

माडीका रक्तक्यान्सर एवं क्षयरोग पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको निधन

फागुन ७, चितवन । माडीका रक्तक्यान्सर एवं क्षयरोग पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको निधन भएको छ । भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करीब ७:३० बजे उहाँको निधन भएको