माडी (स्थानीय) खबर पोष्ट

प्रतिनिधिसभा विघटनको बिरोधमा माडीका युवा विद्यार्थीहरुद्वारा सडक प्रदर्शन

चितवन । सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेको बिरोधमा माडीका युवा विद्यार्थीहरुले सडक प्रदर्शन गरेका छन् । अनेरास्वबियु माडी क्याम्पस ईकाई समितिको आयोजनामा क्याम्पसमा अध्ययनरत युवा र विद्यार्थीहरुले माडीको बसन्तपुरमा -यालीसहित नाराबाजी गरेका हुन्

माडीकै ज्येष्ठतम् नागरिक गरुडध्वज भण्डारीको १०८ बर्षको उमेरमा निधन

चितवन । माडी-८ निवासी माडीकै ज्येष्ठतम् नागरिक गरुडध्वज भण्डारीको १०८ बर्षको उमेरमा गएराती निधन भएको छ । भण्डारीको शुक्रबार राती १० बजेको समयमा निधन भएको उहाँको परिवार श्रोतले जनाएको हो । दिवंगतलाई आज बिहान

माडी युवाहरुले प्रस्तावित गरेको माडी जेसिजलाई शाखाको औपचारिक मान्यता

माडी युवाहरुले गठन गरी प्रस्तावित गरेको माडी जेसिजले शाखाको औपचारिक मान्यता प्राप्त गरेको छ । रुपन्देहीको भलवारीमा आयोजित नेपाल जेसिजको ४७औं महाधिवेशनको सन्दर्भमा माडी जेसिजलाई शाखाको औपचारिक मान्यता दिइएको हो । माडी जेसिजको संस्थापक

माडीको परूइमा सुख्खा पहिरो गई प्राकृतिक रूपमै बन्यो सुन्दर तलाउ (भिडियो सहित)

मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई खोलाको बहाव थुनिएको छ । खोला थुनिँदा करीब २० बिगाहा क्षेत्रफलको तलाउ बनिसकेको छ र त्यसको फैलावट बढ्ने क्रममा रहेको छ । माडीको हुलाकी सडकबाट करीब

ब्रेकिङ । माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई खोलाको बहाव थुनियो

चितवन । मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई खोलाको बहाव थुनिएको छ । माडीको हुलाकी सडकबाट करीब ३ किलोमिटर दक्षिणपट्टी खोलाको सिरानमा सेतो पहिरो भन्ने स्थानमा सुख्खा पहिरो गएको हो । खोलाको

माडीमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु, नेपाली सेनाद्वारा अन्त्येष्ठी

चितवन । माडीमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ९ निवासी ६५ बर्षका एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । विगत एक सातादेखि निमोनियाँबाट ग्रसित उनको

फिरन्ते पोके व्यवसायीहरुलाई नियमन गर्न माडीका फेन्सी व्यवसायीहरुको माग

माडीका कपडा तथा फेन्सी व्यवसायीहरुले बिना दर्ता पोके फिरन्ते व्यवसाय गर्नेहरुलाई नियमन गर्न स्थानीय सरकारसंग अनुरोध गरेका छन् । माडी कपडा तथा फेन्सी व्यवसायी संघको बैठकले कहिँपनि दर्ता नगरी तथा करको दायरामा नआई खुलेआम

माडीको बाँदरझुलामा पहिलोपटक एक्स-रे सहितको स्वास्थ्य शिविर सञ्चालित

माडीको बाँदरझुलामा पहिलोपटक एक्स-रे सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखाले पहिलोपटक उपमेयरसंग महिला स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्ने क्रममा माडी-९, बाँदरझुलामा भिडियो एक्स-रे सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन गरको

माडी नगरपालिकाले व्यक्तिगत घटनाहरुको अभिलेख अनलाइन प्रणालीबाट राख्दै

चितवन । माडी नगरपालिकाले जन्म, मृत्यु, बसाईसराईं जस्ता व्यक्तिगत घटनाहरुको अभिलेख कम्प्युटर प्रविधीमार्फत डिजिटल स्वरुपमा राख्न सुरु गरेको छ । नगरपालिकाले वडा नं. १ र २ बाट व्यक्तिगत घटना दर्ता कार्यलाई अनलाइन प्रणालीबाट राख्न