माडी (स्थानीय) खबर पोष्ट

माडीका सामाजिक संस्थाहरुमध्ये चितवन सक्रिय महिला प्रतिष्ठान उत्कृष्ट संस्थाका रुपमा सम्मानित

माडी, चितवन । माडी नगर क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरु मध्ये चितवन सक्रिय महिला प्रतिष्ठानलाई उत्कृष्ट संस्थाका रुपमा सम्मान गरिएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी

माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित

माडी, चितवन । माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत

माडी नगरपालिकामा कार्यरत शिक्षकहरुमध्ये सुमादेवी पन्त र वीरेन्द्र प्रसाद महतो सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुमध्ये सुमादेवी पन्त र वीरेन्द्र प्रसाद महतोलाई सम्मानित गरेको छ । माडी-८, दक्षिण अयोध्यापुरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीमा वालविकास शिक्षकका रुपमा कार्यरत नमुना

माडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये परुसन पासवान र प्रतीक्षा गौतम सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले नगरका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये परुसन पासवान र प्रतीक्षा गौतमलाई सम्मानित गरेको छ । माडी-९, हनुमानझुला (बाँदरझुला)स्थित आधारभुत स्वास्थ्य केन्द्रमा अ.हे.व. चौथो तहमा कार्यरत पासवान र माडी-८, खरकट्टास्थित

सबनम आलेमगरको घरलाई माडीकै सफा घरको सम्मान, फुलबारी आमा समूह पनि सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट सफा घरको सम्मानबाट माडी-८, दक्षिण अयोध्यापुरी (अयोध्या मार्ग)स्थित सबनम आलेमगरको घरलाई सम्मान गरेको छ । युट्युबर समेत रहनुभएका सबनम आलेमगरको घरको आँगन एवं वरपरको क्षेत्र सफासुग्धर रहनुका साथै

रोचक गाई फर्मका सञ्चालक पौडेललाई माडी नगरपालिकाको उत्कृष्ट पशुपालक कृषक सम्मान

माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट पशुपालक कृषकका रुपमा रोचक गाई फर्म, माडी-७, कीर्तनपुरका सञ्चालक राजन पौडेललाई सम्मान गरेको छ । १५औं नगर सभाको चौथो बैठकमा कर्मयोगी कृषक पौडेललाई नगद सहित कदरपत्रले सम्मान गरिएको

माडी न.पा.द्वारा उत्कृष्ट माछापालक कृषकका रुपमा न्यू जेन एग्रो फर्म, सितलपुरका ढकाल सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट मत्स्यपालक कृषकका रुपमा न्यू जेन एग्रो फर्म, सितलपुरका सञ्चालक कञ्चन ढकाललाई सम्मान गरेको छ । १५औं नगर सभाको चौथो बैठकमा युवा मत्स्य कृषक ढकाललाई नगद सहित कदरपत्रले सम्मान

माडी नगरपालिकाको उत्कृष्ट कृषि फर्मका रुपमा डा. पोखरेलको माडी प्राङ्गारिक कृषि फर्म सम्मानित

माडी, चितवन । माडी–४, खैरहनीमा रहेको माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रलाई माडी नगरपालिकाले उत्कृष्ट कृषि फर्मका रुपमा सम्मान गरेको छ । नगरपालिकाले १५औं नगर सभाको चौथो बैठकमा फर्मका सञ्चालक समेत रहनुभएका कृषि

माडी नगरपालिकाको उत्कृष्ट करदाताका रुपमा इनारबरूवा निवासी चुलाई महतो सम्मानित

माडी, चितवन । माडी नगरपालिकाको उत्कृष्ट करदाताका रुपमा चुलाई महतो सम्मानित हुनुभएको छ । माडी-३ ईनारबरुवा निवासी महतोले हरेक आर्थिक बर्षको सुरुवातमै (श्रावण पहिलो साताभित्रै) एकीकृत सम्पत्ति कर (मालपोत कर) भुक्तान गर्दै आउनुभएको भन्दै