स्वदेशपोष्ट विशेष

कालोपत्रे हुने क्रममा रहेका माडीका भित्री सडकहरू धुलाम्य हुँदा वायुप्रदूषण बढ्यो, स्थानीयबासी प्रभावित

३० फागुन, चितवन । कालोपत्रे हुने क्रममा रहेका माडीका मुख्य भित्री सडकहरू धुलाम्य हुँदा वायुप्रदूषण ह्वात्तै बढेको छ । हाल बाइपासका रुपमा ठूला तथा मझौला सवारी साधन आवतजावत गर्ने मुख्य सडकको रूपमा रहेको माडी-५,

माडीको बसन्तपुरमा बागमती प्रदेश स्तरीय पुरूष र महिला भलिबल प्रतियोगिता सञ्चालन सुरु

३० फागुन, चितवन । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा माडीको बसन्तपुरमा बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन सुरु भएको छ । प्रदेशभरीका १३ वटा जिल्लाका १३ वटा पुरुष तथा १३ वटै महिला टोलीको

किशोरीहरुलाई सक्षम सामाजिक अगुवा बनाउन डेनिस सहयोगमा ‘माडी गर्ल्स पावर’ परियोजना

२८ फागुन, चितवन । मध्यपूर्वी माडीको जनजीवन माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १० जना छात्राहरु हरेक शुक्रबार दिउँसो १ बजेपछि भेला हुन्छन् । विद्यालय हाताभित्रै स्थापित माडी ब्रेन पावर नामको पुस्तकालयमा

एक डेनिस संस्थाद्वारा माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा खानेपानी परियोजना निर्माण हुँदै

१७ फागुन, चितवन । भिलेज डेभलपमेन्ट इन नेपाल (Jysk landsbyudvikling i Nepal) नामको डेनिस स्वयम्-सेवी संस्थाले माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा नयाँ बृहत् खानेपानी परियोजना सुरू गरेको छ । एक दशकअघि निर्माण सकिएको ओभरहेड ट्यांकीले

दिवंगत हजुरबुबा हजुरआमाको स्मृतिमा माडीका रानाभाट दाजुभाईद्वारा प्रवेशद्वार निर्माण

१७ फागुन, चितवन । आफ्ना दिवंगत हजुरबुबा हजुरआमाको स्मृतिमा माडी – ७, कीर्तनपुर देवीकोट टोल निवासी दाजुभाई अरुण र सुलभ रानाभाटले प्रवेशद्वार निर्माण गर्नुभएको छ । रानाभाट दाजुभाईले हजुरबुबा नन्दलाल र हजुरआमा उजेली रानाभाटको

माडीको पाैहारीमा ट्वन्टीवान ग्रुपले निर्माण गरिरहेको रुद्र पार्कमा रुद्रेश्वर महादेवको मुर्ती स्थापित

१७ फागुन, चितवन । माडी नगरपालिकालाई स्वामित्व हस्तान्तरण हुनेगरी ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.ले माडी-२, पौहारीमा निर्माण गरिरहेको रुद्र पार्कमा रुद्रेश्वर महादेवको मुर्ती स्थापित भएको छ । महाशिवरात्री पर्वको अवसर पारी पुजाआजा र पञ्चेबाजासहित

राष्ट्रियस्तरको फुटबल र क्रिकेटपछि माडीमा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुँदै

१७ फागुन, चितवन । राष्ट्रियस्तरको फुटबल र क्रिकेटपछि अब माडीको बसन्तपुरमा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । खेलकुद विकास समिति माडी नगरपालिकाको आर्थिक तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति चितवनको प्राविधिक

नेकपा (एमाले)बाट निर्वाचित माडी ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा नेकपा (एकीकृत समाजवादी) प्रवेश

१५ फागुन, चितवन । नेकपा (एमाले)बाट निर्वाचित माडी नगरपालिकाका अर्का एक वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । माडी नगरपालिका वडा नं. ७ बाट निर्वाचित वडाध्यक्ष बालकृष्ण सापकोटा नेकपा (एकीकृत समाजवादी)मा खुल्नुभएको हो

जाडोयामका कारण डेढ महिनादेखि बन्द रहेको माडीको भित्री बाटो कालोपत्रे कार्य पुनः सुचारु

११ फागुन, चितवन । जाडोयामका कारण डेढ महिनादेखि बन्द रहेको माडीको भित्री बाटो कालोपत्रे कार्य पुनः सुचारु भएको छ । माडी ६, कल्याणपुरदेखि वडा नं.५को मिलनचोक हुँदै ब्रह्मपुरी सम्मको १.८ कि.मि. लामो बाटो कालोपत्रे