स्वदेशपोष्ट विशेष

निकुञ्ज छेउका गाउँहरुमा जडान गरिएको हेलोजिन बत्तीहरू मर्मत नहुँदा बल्न छाडे

चितवन । जंगली जनावरहरु बस्तीमा प्रवेश हुनबाट रोक्न निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा जडान गरिएको हेलोजिन बत्ती मर्मत नहुँदा बल्न छाडेको छ । माडीको पौहारी र भैरवपुर लगायतका गाउँमा जडान रहेको हेलोजन बत्तीहरु विगत

रेडियो कलर जडित बाघको आक्रमणबाट माडीको पौहारीमा ३ वटा खसी मरे

चितवन । निकुञ्जबाट बस्तीमा निक्लेको बाघले गएसाँझ माडी नगरपालिका-३, पौहारीमा ३ वटा खसी मारेको छ । राती करीब १०ः३० बजे बस्तीमा आएको बाघले माडी-३, पौहारी गाउँ निवासी बाख्रापालक कृषक फुबर महतोले पाल्नुभएको ३ वटा

चितवन ३ का स्वतन्त्र उम्मेदवार उपाध्यायद्वारा मतदातासंग करारनामा, वाचा पुरा नगरे कारावास

चितवन । प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार नन्दराज उपाध्यायले मतदाताहरुसंग करारनामा (तमसुक) गरी प्रतिज्ञा-पत्र सार्वजनिक गर्नुभएको छ । जुम्लाका स्थायी बासिन्दा तथा लोकतन्त्र अभियानकर्मी समेत रहनुभएका उपाध्यायले चुनाब जितेपश्चात नागरिकसंग गरेको

‘माडी र चितवनमा प्रचण्डको बाँकी सपना पुरा गर्न लागिपर्छु’ : प्रतिनिधीसभा उम्मेदवार डा. अधिकारी

चितवन । पाँचदलीय गठबन्धनबाट चितवन ३ का प्रतिनिधीसभा उम्मेदवार डा. भोजराज अधिकारीले माडी र चितवनमा प्रचण्डको बाँकी सपना पुरा गर्न आफू लागिपर्ने बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र), माडी नगर समितिको आयोजनामा माडीको बसन्तपुरमा सम्पन्न

निकुञ्जबाट हरेक रात निक्लने जंगली हात्ती धपाउन माडीमा गाउँलेहरु रातभर गस्ती गर्दै

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट हरेक रात निक्लने जंगली हात्ती धपाउन माडीमा निकुञ्ज छेउका गाउँलेहरुले रातभर गस्ती गर्नुपरेको छ । जंगली हात्तीको बथान हरेक दिन साँझ पर्नासाथ निकुञ्ज नजिकका बस्तीहरुमा धान खान जंगल बाहिर

धानबाली पाक्ने समय भएसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्दै

चितवन । किसानहरुको खेतमा धानबाली काट्ने समय भएसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न थालेको छ । हात्तीहरु एक्लैदेखि चार पाँचवटाको समूहमा धनखेतमा छिर्न सुरु गरेको पीडित किसानहरुको

नेकपा एमालेका प्रदेश सभा उम्मेदवार सरस्वती विष्टले माडीबाट चुनाबी अभियान सुरु

चितवन । नेकपा (एमाले)बाट चितवन क्षेत्र नं. ३ (ख) का प्रदेश सभा उम्मेदवार सरस्वती विष्टले माडीबाट चुनाबी अभियान सुरु गर्नुभएको छ । एमाले बागमती प्रदेश सदस्य एवं माडीका महिला नेतृ समेत रहनुभएका बिष्टले पुष्पमदन

प्रदेशसभातर्फ चितवन ३ (ख)मा ३ स्वतन्त्र सहित ९ जना उम्मेदवारबिच चुनाबी भिँडन्त हुने

चितवन । माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ (ख)मा प्रदेशसभातर्फ ३ स्वतन्त्र सहित ९ जना उम्मेदवारबिच चुनाबी भिँडन्त हुनेभएको छ । यस क्षेत्रमा पाँचदलिय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का ठाकुर प्रसाद ढकाल, नेकपा एमालेका

चितवन क्षेत्र नं. ३ मा प्रतिनिधीसभातर्फ २० जना उम्मेदवारहरुले चुनाबी भिँडन्त गर्ने

चितवन । देशकै सर्बाधिक चर्चित निर्वाचन क्षेत्र मानिएको चितवन ३ मा प्रतिनिधीसभातर्फ २० जना उम्मेदवारहरुले चुनाबी भिँडन्त गर्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं. ३, चितवनले प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावली