माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना अवधीमा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन् ।
विज्ञापन १
मृतावस्थामा भेटिएकामध्ये चार वटा भाले र पाँच वटा पोथी रहेका छन् भने तीन वटाको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताउनुभयो । मृत्यु भएकामध्ये एउटालाई करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो ।
विज्ञापन २
यसैबिच, पाँच महिनाको अवधीमा गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु भएका दुवै जना नवलपुर बर्दघाट सुस्तापूर्वका रहेका हुन् । एकजना घाइते भने माडी–१, बनकट्टा निवासी छबिलाल बोट हुन् । उनी गत मंसिर १२ गते रीउ खोला नजिकै गैंडाको आक्रमणमा परेका थिए । (फाइल फोटो)
विज्ञापन ३