माडी, चितवन । भट्टराई कुल वंश प्रतिष्ठानको माडी नगर समितिको अध्यक्षमा टीकाराम भट्टराई चयन हुनुभएको छ । प्रतिष्ठानको माडी नगर समितिको आठौं साधारण सभा एबं चौथो नगर अधिबेशनबाट भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नव गठित समितिको उपाध्यक्षमा दुर्गा भट्टराई र निलकन्ठ भट्टराई, सचिवमा सुर्य भट्टराई र कोषध्यक्षमा कालिका भट्टराई चुनिनु भएको छ । त्यसैगरी सदस्यहरुमा, लक्ष्मी भट्टराई, ईश्वरी भट्टराई, होमनाथ भट्टराई, जुना भट्टराई, भिम भट्टराई, डण्डपाणी भट्टराई, सावित्री भट्टराई, युबराज भट्टराई र खेम नारायण भट्टराई रहनुभएको छ ।
शनिबार माडीको छरछरेधाममा सम्पन्न कार्यक्रमकाे अध्यक्षता टीकाराम भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथिकाे भट्टराई कुल बंश प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष टिकाराम भट्टराई, विशिष्ट अतिथिको जिल्ला अध्यक्ष लिला भट्टराई , केन्द्रिय सदस्य एबं जिल्ला उपाध्यक्ष चन्द्रकान्त भट्टराई, केन्द्रिय सदस्य एबं मातृ सञ्जाल जिल्ला अध्यक्ष लिलावती भट्टराई लगायतको उपस्थिति रहेको थियो ।