माडी (स्थानीय) खबर पोष्ट

रीउ नदीको बाढीले बगाउँदा माडीको कुसुमखोला निवासी काजीमान चेपाङको मृत्यु

चितवन । रीउ नदीको बाढीले बगाउँदा माडीको कुसुमखोलामा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो परेको बर्षासंगै आएको बाढीले बगाउँदा माडी नगरपालिका-९, कुसुमखोला निवासी अन्दाजी बर्ष ५८ बर्षका काजीमान चेपाङको मृत्यु भएको हो ।

पसलबाहिर टेन्ट टाँगी मिष्ठान्न बेचेका व्यवसायी र त्यसो नगर्न अह्राएका वडाध्यक्ष महतोबिच विवाद

चितवन । माडीको बसन्तपुरमा सटर बाहिर सडकमै टेन्ट टाँगेर मिठाई बेचिरहेका एक व्यवसायी र त्यसो नगर्न अह्राएका माडी-३ का वडाध्यक्ष पुरन महतोबिच भनाभन भएको छ । रक्षाबन्धन पर्वका दिन सटरभन्दा बाहिर बाटोमा टेन्ट टाँगी

असली सोमनाथ भारतको गुजरातमा नभई माडीको सोमेश्वर पर्वतमा : अध्येता लोकमणि पौडेल

चितवन । धार्मिक अध्येता एवं अनुसन्धानकर्ता लोकमणि पौडेलले चन्द्रमाद्वारा स्थापित असली शिवलिङ्ग (सोमनाथ) माडीको सोमेश्वर पर्वतको शिखरमा रहेको बताउनुभएको छ । हिन्दुहरु सोमनाथको दर्शनका लागि भारतको गुजरात पुग्ने गरेपनि वराह पुराणको १४४औं अध्यायको १६औं

माडी क्याम्पसमा ८ बर्षअघि सञ्चालित महायज्ञमा बोलचन्दा गरेपनि सयौं दाताको भुक्तानी बाँकी

चितवन । माडी क्याम्पसले ८ बर्षअघि सञ्चालन गरेको श्रीमद्भागवत् महायज्ञमा नगद तथा भूमिदानको घोषणा गरेका तर भुक्तान बाँकी रहेका दाताहरु अझैपनि सयौंको संख्यामा रहेका छन् । सामाजिक, राजनैतिक एवं व्यवसायिक क्षेत्रमा अग्रस्थानमा रहेका तर

अयोध्यापुरी मध्यवर्तीउपभोक्ता समितिले सेवा क्षेत्रमा राख्यो ८ वटा सूचनामूलक होर्डिङ्ग बोर्ड

चितवन । अयोध्यापुरी क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको विकास, प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले ८ वटा सूचनामूलक होर्डिङ्गबोड राखेको छ । समितिले आफ्नो सेवा क्षेत्रभित्र पर्ने ६ वटा प्रमुख

माडीको कान्तिपुरस्थित ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीले मनग्य आम्दानीसंगै चर्चा कमाउँदै

चितवन । माडीको कान्तिपुर गाउँमा राजाराम/डेमा तिमिल्सिना दम्पत्तीले सुरुवात गरेको ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीले मनग्य आम्दानीसंगै चर्चा कमाउन थालेको छ । करीब ५ बर्षअघि चक्लाबन्दीमा आधारित सामुहिक खेती परियोजना अन्तरगत परीक्षणका रुपमा तिमिल्सिना दम्पत्तीले

साइड दिन ठाउँ नपुग्दा माडीको मगोई खोला पुलमा टिप्पर पल्टियो

चितवन । माडीको मगोई खोला पुलमा टिप्पर पल्टिएको छ । मगोई पुलको दक्षिणी छेउ, सिधुवा गाउँतर्फ साइड फिलिङ अपुरो र कम चौडा रहेको स्थानमा साइड दिन ठाउँ नपुग्दा ना. १ क. ९२३२ नम्बरको टिप्पर

‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो र सानोको विभेद कायमै’ : महासचिव आहुति (भिडियो सहित)

चितवन । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ’आहुति’ले नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो र सानोको विभेद कायमै रहेको बताउनुभएको छ । माडीको बसन्तपुरमा सम्पन्न पार्टीको चितवन जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका

मासिक कार्यसम्पादन मुल्यांकनका आधारमा नेपाल जेसीजद्वारा माडी जेसीज सम्मानित

चितवन । नेपाल जेसिजको मासिक कार्यसम्पादन मुल्यांकनका आधारमा सतप्रतिशत कार्यसम्पन्न गर्दै माडी जेसीजले 100% Efficiency Program प्राप्त गरेको छ । माडीका सक्रिय युवाहरुको सो संस्थालाई नेपाल जेसीजले गत (जुलाई, २०२४) महिनाको कार्यसम्पादन मुल्याङ्कनका आधारमा