माडीमा बहुसंख्यक नयाँ रक्तदातासहित ८३ पुरुष र २९ महिला गरी कूल ११२ जनाले गरे रक्तदान
चितवन । माडीको बसन्तपुरमा सम्पन्न खुला रक्तदान कार्यक्रममा बहुसंख्यक नयाँ रक्तदातासहित ८३ पुरुष र २९ महिला गरी कूल ११२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा र आरम्भ चौतारी लघुवित्त वित्तीय
कुखुराको खोरमा काम गर्ने क्रममा करेन्ट लागी माडीको गौरीनगर टोलमा एक पुरुषको मृत्यु
चितवन । माडीको गौरीनगर टोलमा करेन्ट लागी एक पुरुषको मृत्यु भएको छ । आफ्नै कुखुराको खोरमा काम गर्ने क्रममा करेन्ट लाग्दा माडी नगरपालिका-७, गौरीनगर निवासी बर्ष ३२ का नवराज राई गम्भीर घाइते हुनुभएको थियो
प्रतिबन्धित लागुपदार्थ गाँजा एवं लागुऔषध ट्रामाडोल र फेनार्गन सहित माडीबाट २ युवाहरु पक्राउ
चितवन । प्रतिबन्धित लागुपदार्थ गाँजा एवं लागुऔषध ट्रामाडोल र फेनार्गन सहित माडीबाट २ युवाहरु पक्राउ परेका छन् । आइतबार बिहान बसन्तपुर बजारबाट प्रतिबन्धित लागुपदार्थ गाँजा ३५० ग्रामका साथै प्रतिबन्धित लागुऔषध ट्रामाडोल ३९ पत्ता (३९०
माडी नगरपालिकाद्वारा चालू आ.ब. २०८१/८२ देखि एकीकृत सम्पत्ती करमा ३० प्रतिशतसम्म बढोत्तरी
चितवन । माडी नगरपालिकाले चालू आर्थिक बर्षदेखि घरजग्गा सम्बन्धी एकीकृत सम्पत्ती करमा ३० प्रतिशतसम्म बढोत्तरी गरेको छ । गत असारमा सम्पन्न तेह्रौ नगरसभाले पारित गरेको आर्थिक ऐनअनुसार चालू आर्थिक बर्ष २०८१/८२ को सुरुवातबाट नगरपालिकाले
माडीमा निकुञ्ज छेउका गाउँबस्ती र चरन क्षेत्रमा बाघको आक्रमणबाट पशु चौपाया मर्ने क्रम बढ्यो
चितवन । बाघको आक्रमणमा परी माडी-३, रतनीमा एकवटा भैंसी मरेको छ । बाघको आक्रमणमा परी माडी-३, धोबाहा गाउँ निवासी बासुदेव महतोको भैंसी मरेको हो । रिउ खोला पारीपट्टी निकुञ्जको चरन क्षेत्रमा पशुधन चराउने क्रममा
राप्रपा माडीको नगर प्रवक्ताको जिम्मेवारी संजय काजीलाई, नगर उपाध्यक्षमा जनक महतो मनोनित
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले माडीको नगर प्रवक्ताको जिम्मेवारी संजय काजीलाई दिएको छ । केन्द्रीय कार्यालयले तोके अनुसार राप्रपा माडी नगर समितिको बैठकले नगर प्रवक्ता पदमा पार्टीका युवा अगुवा काजीलाई जिम्मेवारी दिने निर्णय गरेको
‘प्रचण्ड सरकारले धेरै काम गरेपनि प्रचार हुन सकेन’: नगर अध्यक्ष महतो (भिडियो सहित)
नेकपा (माओवादी केन्द्र)का माडी नगर अध्यक्ष प्रभुप्रसाद महतोले ‘प्रचण्ड नेतृत्वको सरकारले धेरै काम गरेपनि प्रचार हुन नसकेको’ जिकीर गर्नुभएको छ । स्वदेश एफ.एम.को बहसमूलक कार्यक्रम समय सन्दर्भमा पत्रकार देवनारायण शाहसंग बोल्दै अध्यक्ष महतोले सो
नारायणी नमुना कप भलिबल प्रतियोगितामा दिवाकर स्मृति मा.वि. र माडी मा.वि. क्रमशः दोश्रो र तेश्रो
चितवन । भरतपुरमा सम्पन्न ‘नारायणी नमुना कप जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता २०८१’मा माडीबाट सहभागी दिवाकर स्मृति विद्यालय र माडी माध्यमिक विद्यालय क्रमशः दोश्रो र तेश्रो भएका छन् । शनिवार सम्पन्न फाइनलमा दिवाकर स्मृति माध्यमिक
माडी नगरप्रमुख महतो नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार मन्त्री दाहाल र सचिव शर्मासंग भेट
चितवन । माडी नगरप्रमुख ताराकाजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले संघीय भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मासंग भेट गरेको छ । शुक्रबार सिंहदरबारमा मन्त्री दाहाल र सचिव शर्मासंग भेट गरी प्रतिनिधिमण्डलले निकुञ्जभित्र