माडी (स्थानीय) खबर पोष्ट

माडीको शिवराजपुर सुकुम्बासी टोलमा शौचालय निर्माण हुने

चितवन । बिजुली र खानेपानीजस्ता अत्यावश्यक सेवाबाट वञ्चीत रहेको माडीको शिवराजपुर सुकुम्बासी टोलमा शौचालय निर्माण हुने भएको छ । माडी नगरपालिका-८, कान्तिपुर, चितवन निवासी किरण गायकले सो टोलमा एकवटा शौचालय बनाउने घोषणा गर्नुभएको हो

एकता स्तम्भलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन स्थानीयबासी सक्रिय

दिप्ती बिश्वकर्मा चितवन । माडी-४, सितलपुरस्थित एकता स्तम्भलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन स्थानीयबासी सक्रिय बनेका छन् । एकता स्तम्भ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिनारी सहितको पर्यटकीय गन्तव्यस्थल बनाउनेगरी अधुरो निर्माण कार्य पुरा गर्न र

माडीमा ३ जना मानिसलाई घाइते बनाएको पाटेबाघ डार्ट गरी नियन्त्रणमा

माडीको गुल्मेली टोल क्षेत्रमा ३ जना मानिसलाई आक्रमण गरी घाइते बनाएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बाघलाई बुधबार बिहान करीब १०ः३० बजे माडी-३, रेवा टोलस्थित रौतनी खोला किनारबाट नियन्त्रणमा लिइएको हो । चितवन राष्ट्रिय

६० दिनभित्र सम्पत्ती विवरण बुझाउन जनप्रतिनिधि र कर्मचारीलाई माडी नगरपालिकाको सुचना

माडी नगरपालिकाले ६० दिनभित्र सम्पत्ती विवरण बुझाउन सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई सुचना गरेको छ । नगरपालिकाले सोमबार एक सुचना प्रकाशन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम जननिर्वाचित सबै प्रतिनिधिहरु एवं अस्थायी, करार, राहत, ज्यालादारी, डोर

कृषि मन्त्रालयले माडी नगरपालिकालाई १ करोड ४१ लाख रुपैंया सशर्त अनुदान

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सशर्त अनुदान अन्तरगत माडी नगरपालिकालाई १ करोड ४१ लाख रुपैंया बजेट पठाएको छ । मन्त्रालयले माडी नगरपालिकामा कृषि विकास रणनीति अनुगमन तथा समन्य कार्यक्रमका लागि ३ लाख, कृषि

नेकपा (माओवादी केन्द्र) चितवनले तीन करोड बढी लगानीमा जिल्ला पार्टी कार्यालय भवन निर्माण गर्ने

नेकपा (माओवादी केन्द्र) चितवनले तीन करोड बढी लगानीमा जिल्ला पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय कृष्णपुरमा भवन निर्माण तयारीबारे आयोजना गरेको भेलामा भवन निर्माणको डिजाइन र तयारीबारे

पत्रकार महासंघ चितवनबाट सदस्यको नवीकरण र नयाँ सदस्य सिफारिसको बिरोधमा प्रेस चौतारीद्वारा तालाबन्दी

नेपाल पत्रकार महासंघ चितवन शाखा सदस्यहरूको नवीकरण र नयाँ सदस्य सिफारिसमा असहमति जनाउँदै प्रेस चौतारी नेपालले तालाबन्दी गरेको छ । बागमती प्रदेश समितिबाट सार्वजनिक चितवन शाखा सदस्यहरूको नवीकरण र नयाँ नामावली सार्वजनिक बदनियतपूर्ण ढंगबाट

बागमती प्रदेशले दुधको अनुदान कटौती गरेसंगै माडीका दुग्ध उत्पादक किसानहरुले प्रतिलिटर ५ रुपैंया गुमाउने

स्थानीय तहबाट दुधमा अनुदान दिएका पालिकाहरुमा बागमती प्रदेशले दुधको अनुदान कटौती गरेसंगै माडीका दुग्ध उत्पादक किसानहरुले प्रतिलिटर ५ रुपैंया गुमाउने भएका छन् । प्रदेश सरकारले दोहोरो अनुदान हुने पालिकाहरुमा अनुदान कटौती गर्ने निर्णय गरेसंगै

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले सेवा क्षेत्रको समुदायमा फलफूलका बिरुवा वितरित

माडीको खरकट्टास्थित अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले सेवा क्षेत्रको समुदायमा फलफूलका बिरुवा वितरण गरेको छ । आयआर्जन वृद्धि, वातावरण संरक्षण र भू-क्षय नियन्त्रणको उद्देश्यले सो कार्यालयले फलफूल तथा सदाबहार हरियो हुने बिरुवाहरू वितरण गरेको हो