सशस्त्र प्रहरी बलको छरछरे बि.ओ.पी. प्रमुख थकाली थारुको सरुवा
माडीको छरछरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टका प्रमुख शसस्त्र प्रहरी नीरिक्षक थकाली थारुको सरुवा भएको छ । उहाँलाई माडी नगरपालिकाले एक संक्षिप्त कार्यक्रमबिच स-सम्मान बिदाई गरेको छ भने माडी ५ वडा कार्यालयले मायाको
माडीको छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन सेन्टर तयार
समुदायमा कोरोना संक्रमणको सम्भावना बढेसंगै माडी नगरपालिकाले छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन सेन्टर तयार गरेको छ । सशस्त्र प्रहरी बलको छरछरे बि.ओ.पी. क्याम्प नजिकै गतबर्ष बनेको होमस्टेका भवनहरुलाई अस्थायी आइसोलेशन सेन्टर बनाइएको हो ।
चितवनमा माडी नगरपालिका समेतलाई जोडेर जिल्लाभरी भदौ १२ गतेसम्म निषेधाज्ञा थप
चितवन । चितवनमा माडी नगरपालिका समेतलाई जोडेर जिल्लाभरी आगामी भदौ १२ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको संक्रमण निरन्तर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माडीसहित चितवनका ७ वटै स्थानीय तहमा निषेधाज्ञा
माडीको कल्याणपुरस्थित लेतेघोलको पुलबाट खसेर एक युवकको मृत्यु
माडीको कल्याणपुरस्थित लेतेघोलको पुलबाट खसेर एक युवकको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ६ मा जनकल्याण माध्यमिक विद्यालय नजिकै रहेको सो पुलबाट गएराती खसेका स्थानीयबासी, अन्दाजी बर्ष ३५ का विकास गरुङ्गको ज्यान
माडी नगरक्षेत्रमा जारी बन्दाबन्दीको कारण बाहिरी चहलपहल पूर्णरुपमा बन्द
माडी नगरक्षेत्रमा जारी तीज पर्व लक्षित बन्दाबन्दीको कारण बजार, यातायात तथा बाहिरी चहलपहल पूर्णरुपमा बन्द रहेको छ । माडी नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिले गत भदौ ३ गते बुधबार दिउँसो ४ बजेदेखि भोलि तीज
भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु
भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ निवासी ६५ वर्षीय पुरूषको भरतपुर अस्पतालको आई.सी.यू.मा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी
माडीमा भदौ ३ गते दिउँसो ४ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म निशेषाज्ञा
तीज पर्वको सन्दर्भमा हुनसक्ने भीडभाड र चलहपहल नियन्त्रणका लागि माडी नगरक्षेत्रमा आज (भदौ ३ गते) बुधबार दिउँसो ४ बजेदेखि भदौ ५ गते तीज पर्वको राती १२ बजेसम्म निशेषाज्ञा लागु गरिएको छ । नगरस्तरीय कोरोना
बज्रगुरु कन्स्ट्रक्सन कम्पनी समेत अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा
चितवन । पूर्वी माडीको देबेन्द्रपुरदेखि बगहीँसम्म कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सन कम्पनी समेत अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा अल्झिएको छ । यसअघि बनकट्टादेख देबेन्द्रपुरसम्म १५.२ किलोमिटर बाटो कालोपत्रे गर्न ठेक्का पाएको आशिष निर्माण
किशोरी बलात्कारको अभियोगमा अर्घाखाँचीका एक युवक कारागार चलान
चितवन । माडीको बगहीँ नजिक जंगल क्षेत्रमा स्थानीय १७ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा अर्घाखाँचीका एक युवक कारागार चलान भएका छन् । गत साउन ४ गते माडी नगरपालिका-९ बगईस्थित जंगलमा १७ वर्षकी किशोरीलाई जबरजस्ती