माडी (स्थानीय) खबर पोष्ट

लामिछाने समर्थक र प्रहरीबिच झडप, केही प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

बहुचर्चित शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने समर्थकहरु र प्रहरीबिच चौबिसकोठीमा झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । लामिछाने पक्षधरहरु भेला हुनेगरेको जिल्ला प्रहरी

भरतपुरस्थित राष्ट्रिय बाणिज्य बैंकमा आगलागी, प्रहरीद्वारा बैंक भवन सिल

भरतपुरको चौबिसकोठी स्थित राष्ट्रिय बाणिज्य बैंकको भरतपुर शाखामा आगलागी भएको छ । आज बिहान करिब ७ः३० बजेको समयमा आगलागी सुरु भएको थियो । आगलागी भएलगत्तै भरतपुर महानगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी र सशस्त्र

माडीमा एस.ई.ई. परीक्षाको नतीजा बदलियो, अब सुदर्शन सुबेदी माडी प्रथम

गतबर्ष सम्पन्न एस.ई.ई. परीक्षामा माडीमा घोषित माडी प्रथम हुन सफल परीक्षार्थीको नाम बदलिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको पुनर्योगको नतीजा पश्चात माडीको बरुवास्थित विद्याज्योति अंग्रेजी विद्यालयका सुदर्शन सुबेदी माडी प्रथम

कृष्ण जन्माष्टमी पर्वको दिन माडीको बरूवामा कृष्णलीला महोत्सव आयोजित

माडीको बरुवास्थित रेवेश्वर शिव मन्दिर धार्मिक सेवा समितिले एक दिवसीय कृष्णलीला महोत्सव तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । आउँदो भदौ ६ गते कृष्ण जन्माष्टमी पर्वको दिन मन्दिरको प्राङ्गणमा झाँकी भजनकीर्तन र

रवि लामिछानेको समर्थन गर्दै चितवनमा जारी प्रदर्शन दबाउने प्रहरीको रणनीति

प्रहरीले पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको समर्थन गर्दै चितवनमा जारी प्रदर्शन दबाउने रणनीति बनाएको छ । स्वदेशसंग कुराकानी गर्दै चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो

ब्रेन ट्युमरको उपचारमा आर्थिक सहयोग गरिदिन चालिसे परिवारको अनुरोध

ब्रेन ट्युमरका कारण अस्पताल भर्ना हुनुभएका माडी सितलपुरका बिपन्न युवा रामु चालिसेको उपचारमा आर्थिक सहयोग गरिदिन सार्वजनिक अनुरोध गरिएको छ । माडी नगरपालिका वडा नं. ४ सितलपुर निवासी टिकाराम चालिसेका छोरा रामु चालिसेको ब्रेन

मासिक गाउँ सरसफाई गर्ने चिरौलीबासी फोहोर व्यवस्थापन नहुँदा दिक्क

माडीको चिरौलीमा मासिक गाउँ सरसफाई गर्ने स्थानीयबासीहरु संकलित फोहोर व्यवस्थापन नहुँदा दिक्क भएका छन् । गाउँ टोल सरसफाई गर्दा संकलन भई आउने कतिपय फोहोरको व्यवस्थापनमा नगरपालिकाको ध्यान नपुग्दा नियमित सफाई अभियानप्रति नै स्थानीयबासीहरु निरास

माडीकाे बसन्तपुरमा बृहत तीज उत्सव-२०७६ आयोजित

नेपाली महिलाजनको महान पर्व हरितालिका तीजको अवसरमा माडीको बसन्तपुरमा तीज उत्सव सञ्चालन हुने भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै बसन्तपुर बजार व्यवस्थापन समिति, बसन्तपुरका महिला समूह, बसन्तपुर युनाइटेड क्लब, ब्राह्मण समाज माडी लगायतका

माडीबाहिर पार्टी प्यालेसमा विवाह गर्न र १०१ रुपैंयाभन्दा धेरै दक्षिणा दिन नपाइने

पछिल्लो समयमा पार्टी प्यालेसहरुमा खर्चिलो र भड्किलो विवाह गर्ने क्रम बढिरहँदा माडी नगरपालिकाले त्यसलाई निरुत्साहित गर्दै माडीबाहिर पार्टी प्यालेसहरुमा हुने विवाहमा रोक लगाउने भएको छ । नगरपालिकाको दोश्रो कार्यपालिका बैठकले विवाहको नाउँमा माडीबाहिरका पार्टी