भौगोलिक तथा पुरातात्विक अध्ययन गरेर नै रामधाम निर्माण कार्य अगाडि बढाइएको प्रधानमन्त्री ओलीको दावी
प्रधानमन्त्री के.पी. शर्मा ओलीले भौगोलिक तथा पुरातात्विक अध्ययन अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा रामधाम निर्माणको कार्य अगाडि बढाइएको दावी गर्नुभएको छ । माडीको अयोध्यापुरीस्थित गणेशकुञ्जमा रामचरित मानस को सामूहिक पाठपारायण कार्यक्रमलाई शुभकामना सन्देश पठाउँदै
माडीको अयोध्यापुरी क्षेत्रमा रामचरित मानस को सामूहिक पाठ-पारायण सम्पन्न
भगवान श्रीरामको जन्मभूमिबारे अनुसन्धान भइरहेको माडीको अयोध्यापुरी क्षेत्रमा रामचरित मानस को सामूहिक पाठ-पारायण सम्पन्न भएको छ । माडी-९, गणेशकुञ्जस्थित राम मन्दिर परिसरमा अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययन
माडी नगर पशुपंक्षी सेवा शाखाले अनुदानमा जै र बर्सिम घाँसको बिउ बितरण गर्दै
माडी नगरपालिका पशुपंक्षी सेवा शाखाले व्यवसायिक पशुपालक कृषकहरुलाई उन्नत जातका पोषिलो घाँसको बिउ बितरण गर्न लागेको छ । गाईभैंसी र बाख्राहरुमा हरियो घाँसको कमी हुन नदिन ५० प्रतिशत अनुदानमा कृषकहरुलाई जै र बर्सिम घाँसको
माडी आयुर्वेद औषधालयमा उपचार सेवाको ३ गुणा बढी रकम तलब भत्तामै सकिंदै
माडीको बरुवास्थित आयुर्वेदिक औषधालयमा उपचार सेवाको तीनगुणा बढी रकम तलब भत्तामै सकिने गरी बजेट स्वीकृत भएको छ । औषधालयमा उपचार र अत्यावश्यक औषधी खरिद लगायतका शीर्षकहरुमका ८ लाख १८ हजार रुपैंया विनियोजन भइरहँदा औषधालय
मालपोत कार्यालयमा कार्यरत १ पुरुषसंगै माडीमा थप ६ जनामा कोरोना पुष्टी
मालपोत कार्यालय माडीमा कार्यरत एकजना पुरुषसंगै माडीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालले गएसाँझ प्रकाशन गरेको रिपोर्ट अनुसार माडी नगरपालिका वडा नं. १, ३, ६ र ९ निवासी
तस्करहरुको गतिविधी बढेसंगै नवनिर्वाचित वन समितिद्वारा अनुगमन
सोमेश्वर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा काठ तस्करहरुको गतिविधी बढेको सुचना पाएसंगै नवनिर्वाचित वन समितिले अनुगमन गरेको छ । अनुगमनका क्रममा केहि तस्करहरुसंग जम्काभेट भएको र उनीहरु भाग्नेक्रममा केहिको फोटो खिँचिएको सोमेश्वर मध्यवर्ती सामुदायिक वन
माडीको बनकट्टा गाउँमा एक युवकद्वारा झुण्डिएर दुखद देहत्याग
सर्बत्र दशैंको उल्लास छाइरहँदा माडीको बनकट्टा गाउँमा भने एक युवकले झुण्डिएर दुखद देहत्याग गरेका छन् । माडी नगरपालिका वडा नं. १, बनकट्टा निवासी बर्ष २१ का अनिल बोटले घरसंगैको गोठमा गएराती झुण्डिएर देहत्याग गरेका
माडीका अधिकांश धानखेतमा फड्के किराको संक्रमण, उत्पादन घट्ने चिन्ता
चितवन । माडीका अधिकांश धानखेतहरुमा फड्के किराको संक्रमण देखापरेको छ । फड्के किराले धानको पात तथा काण्ड चुसेर खाइदिनाले किसानका खेतहरुमा धानका बिरुवाहरु गाँजिन र बढ्न नसकेका, बाली लाग्न नसकेका तथा परालजस्तै भई सुकेर
माडीको सिम्रहनीस्थित आधारभूत विद्यालयलाई विशेष शिक्षा सञ्चालन हुने छुट्टै विद्यालय बनाइने
माडी नगरपालिका शिक्षा शाखाले माडी-२, सिम्रहनीस्थित आधारभूत विद्यालयलाई विशेष शिक्षा सञ्चालन हुने छुट्टै विद्यालय बनाउने भएको छ । सो विद्यालयलाई सुस्त मनस्थिति भएका तथा दृष्टिविहीन र श्रवणशक्ति विहीन विद्यार्थीहरु आवासीय रुपमा पठनपाठन गर्ने शैक्षिक