बच्चाहरू खेल्ने क्रममा माडीको स्याउलीबासमा आगलागी, टौवा जलेर नष्ट
चितवन । माडीको स्याउलीबास गाउँमा आगलागी हुँदा घरसंगैको परालको टौवा जलेको छ । बच्चा खेल्ने क्रममा सल्केको आगोका कारण माडी-६, स्याउलीबास निवासी सुभद्रा रानाभाटको टौवा जलेको हो । दिउँसो करीब २:४५ बजे सुरु भएको
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको उपचारका क्रममा दुखद मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका माडी-१, अम्बाबास, निवासी सुनिल महतोको उपचारका क्रममा दुखद मृत्यु भएको छ । गत कार्तिक २७ गते साँझ ८ बजे मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका २७ बर्षीय महतोको
पूर्वस्वीकृति नलिई मध्यवर्ती क्षेत्रमा पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्जद्वारा माडीका वडाध्यक्षहरुसंग बयान
आफ्नो पूर्वस्वीकृति नलिई मध्यवर्ती क्षेत्रमा पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्ज प्रशासनले कसरामै बोलाई माडीका वडाध्यक्षहरुको बयान लिएको छ । कसराले मंगलबार माडीका वडाध्यक्षहरु ईश्वरी ढकाल, पुरन महतो, चन्द्रदीप महतो र रामबन्धु पोखरेलसंग लिखित
माडी क्षेत्रमा चरा पर्यटनको प्रवल सम्भावना, विश्वकै ठूलो प्रजातिको काठ ठोंगुवा र संकटापन्न खरमजुर माडीमा भेटियो
विश्वकै सबैभन्दा ठूलो प्रजातिको काठ ठोंगुवा (उड पेकर) चरा माडीको पाण्डवनगर नजिक देउता खोला क्षेत्रमा भेटिएको छ । त्यस्तै, अति संकटापन्न खरमजुर प्रजातिको चरा समेत माडीको घाँसे मैदानमा भेटिएको छ । विश्वभरमै ५०० वटाको
माडीका जोखिम र बहिष्करणमा परेका महिलाहरुलाई राहत सामग्री वितरित
माडीका बिपन्न, जोखिम र बहिष्करणमा परेका तथा कोभिड १९का कारण अप्ठ्यारोमा रहेका महिलाहरुलाई राहत वितरण गरिएको छ । युएन वमेनकाे आयाेजना तथा वमेन एक्ट, ब्लु डाईमन्ड साेसाईटी (नील हिरा समाज) र दलित महिला केन्द्रको
थ्रिफेज लाइन नहुँदा शिवद्वार होमस्टेमा ए.सी. सञ्चालनमा आउन सकेन
माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका आवास घरहरुमा ए.सी. जडान गरिएपनि थ्रिफेज लाइन नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । होमस्टेमा रहेका १३ वटा घरका कुल २७ वटा कोठाहरुका लागि २७ वटै तथा सभाहल घरका
माडी नगरपालिकाले तरकारी, धान, बाख्रा र माछा गरी चार क्षेत्रमा पकेट कार्यक्रम सञ्चालन गर्ने
माडी नगरपालिकाले जारी आर्थिक बर्षमा तरकारी, धान, बाख्रा र माछा गरी चार क्षेत्रमा पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवन अन्तरगत माडी क्षेत्रमा सञ्चालन हुन लागेको सो कार्यक्रममा तरकारी
राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता
पश्चिमी चितवनको ध्रुवघाटमा राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता रहेकी छिन् । स्थानीय दोभान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा मध्यान्ह करीब १२ बजे राप्ती नदीले
माडी नगरपालिकाले १३०० घरधुरी बिपन्नहरुको नि:शुल्क स्वास्थ्य वीमा गरिदिने
माडी नगरपालिकाले चालू आर्थिक बर्षमा करीब १,३०० घरधुरी बिपन्नहरुको नि:शुल्क स्वास्थ्य वीमा गरिदिने भएको छ । माडीका ९ वटै वडाहरुमा रहेका बिपन्न परिवारहरुलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन करीब ५० लाखको लागतमा १,३०० घरधुरीको