सोमबार, माघ ०७, २०८१
सोमबार, माघ ०७, २०८१

माडी (स्थानीय) खबर पोष्ट

‘निकुञ्जका कारण माडीमा परेको समस्याबारे जानकार छु’: वन राज्यमन्त्री बि.क. (भिडियो सहित)

  • A
  • A+
  • A++

चितवन । संघीय वन तथा वातावरण राज्यमन्त्री रुपा बि.क. ले ‘चितवन राष्ट्रिय निकुञ्जका कारण माडीमा परिरहेको समस्याबारे आफू जानकार रहेको र यसबारे केन्द्रमा छलफल गरी समाधानको पहल गर्ने’ बताउनुभएको छ ।

विज्ञापन १

आइतबार माडी नगरपालिकाको सभाहलमा सम्पन्न अन्तरक्रियात्मक छलफलमा वन राज्यमन्त्री बि.क.ले ‘अहिलेको सरकार अन्तिम बिकल्पका रुपमा आएकोले फरक ढंगबाट काम गर्नुपर्ने अवस्था रहेको’ र आफूहरुले कार्यतालिका बनाई काम गरिरहेको बताउनुभयो ।

विज्ञापन २

निकुञ्जभित्रको बाटोमा धुलो हटाउन कालोपत्रे गर्नुपर्ने बिकल्प रहेको बताउँदै उहाँले निकुञ्जप्रति नकारात्मक भाव राख्नु नहुने र सकारात्मक उपयोग गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । पब्लिक, पार्टनर र प्रोफिटको थ्रि पि.पि.पि. मोडेलबाट काम गर्नु आवश्यक रहेको बताउँदै उहाँले बाटोलाई चौबिसै घण्टा खुल्ने छलफल हुँदैगर्दा ‘जनावरहरुको हटस्पटलाई पनि ध्यान दिन जरुरी रहेको’ औंल्याउनुभयो ।

विज्ञापन ३

निकुञ्जभित्र बाटो निर्माण एवं माडी नगरपालिकाले नदीजन्य पदार्थहरुको उत्खनन र उपयोगको बिषय नै प्रमुख रहेको भन्दै उहाँले यी बिषयहरुबारे आफ्नो मन्त्रालयमा वनमन्त्री, वन सचिव, निकुञ्जका महानिर्देशक र आफू सहित बसी हल गर्ने र रिजल्ट देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोसंगै माडीका राजनैतिक एवं सामाजिक अगुवाहरुले निकुञ्जका कारण माडी क्षेत्रले भोग्दै आएको विभिन्न समस्याहरुबारे अवगत गराउँदै त्यसको समाधानका लागि सो विभागिय मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया