चितवन । माडीका लोकदोहोरी कलाकारहरुले प्रत्यक्ष (लाइभ) देउसीभैलो छायाँकन सम्पन्न गरेका छन् । स्वदेश एफ.एम. र माडी कला साहित्य एवं साँस्कृतिक मञ्चले माडी-६, स्याउलीबासस्थित प्रेमबहादुर बिष्ट निवासमा लाइभ देउसी भैलो सुटिङ सम्पन्न गरेको हो ।
प्रदीप सापकोटाको निर्देशन, प्रकाश भुसालको सम्पादन एवं दीप्ति विश्वकर्मा, मधुदूशन अधिकारी र प्रकाश भुसालको छायाँकनमा सम्पन्न लाइभ देउसीभैलो बुधबार (भोलि) साँझसम्म रिलिज गर्ने तयारी रहेको छ ।
देउसी भैलोमा कलाकारहरु चुडामणि पाण्डे, प्रेमबहादुर बिष्ट, बिष्णु भुर्तेल, सोममाया तामाङ मोक्तान, मुना बराल, कृष्ण ढुङ्गाना, महेन्द्र पराजुली, सुर्यनाथ अधिकारी, अनिश गौतम, पदम (संगम) पौडेल लगायतको गायन, नृत्य र वाद्यवादन रहेको छ ।
त्यस्तै, अतिथि कलाकारको भूमिकामा वडाध्यक्ष दीपेन्द्रराज पौडेल, श्रीप्रसाद दवाडी, उद्धव थापा र शिवप्रसाद सुवेदीलाई देख्न सकिनेछ । पछिल्लो समय स्वदेश एफ.एम. र माडी कला साहित्य एवं साँस्कृतिक मञ्चले संयुक्त रुपमा लाइभ लोकदोहोरीहरु छायाँकन गरी सामाजिक सञ्जाल र अनलाइन टि.भी.बाट रिलिज गरिआएका छन् ।