चितवन खबर पोष्ट

‘माओवादी पार्टीहरुको एकता चाडै टुंगो पुग्ने’: माओवादी केन्द्र अध्यक्ष प्रचण्ड (भिडियो सहित)

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताउनुभएको छ ।

भरतपुर-१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित बृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको उहाँको भनाई थियो ।

माओवादी शक्तिहरु एकताबद्ध भए २०६४ दोहोर्याउन सकिने भन्दै नेकपा महासचिव बिप्लवले गर्नुभएको सम्बोधनप्रति धन्यवाद व्यक्त गर्दै उहाँले पार्टी एकताका लागि आवश्यक काम पुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसंगै माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार