चितवन । ९ बर्षे एक बालिका बलात्कार गरेको अभियोगमा माडी प्रहरीले देबेन्द्रपुरस्थित चेपाङ बस्तीबाट एकजनालाई पक्राउ गरेको छ ।
माडी-७, देबेन्द्रपुरस्थित चेपाङ बस्तीनिवासी ९ बर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय माडीले सोही स्थान निवासी आकाश भनी चिनिने बर्ष ३५ को बाबुलाल प्रजालाई पक्राउ गरेको हो ।
अभियुक्त प्रजाले बालिकाको घरमा अन्य परिवार सदस्य नरहेको समयमा ललाईफकाई जबरजस्ती करणी गरेका थिए । घटनाबारे बालिकाको परिवारलाई ढिलागरी जानकारी भई प्रहरीलाई खबर भएकोमा शनिवार (आज) बिहान प्रहरीले निज बाबुलाल प्रजालाई पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्त प्रजालाई कानुनी कारवाहीका लागि भरतपुर चलान गर्न लागिएको इ.प्र.का. माडीका प्रमुख केदारमान दोङले बताउनुभयो । पीडित बालिका भने स्वास्थ्य उपचार पश्चात हाल परिवारकै संरक्षणमा रहेकी छिन् ।