चितवन । आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सुधारका लागि नेपाल रेडक्रसले माडीका स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रशिक्षण दिएको छ । कार्यक्रममा माडी भरिका ३४ जना स्वास्थ्य स्वयंमसेविकाहरुको उपस्थिति रहेको थियो ।
सहभागीहरुलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका परियोजना कार्यक्रम संयोजक प्रदिप सुबेदीले आत्महत्याको कारण र रोकथामका विषयमा प्रशिक्षण दिनुभएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन तथा माडीका चारवटै उपशाखाहरु सहित माडी नगरपालिकाद्वारा सञ्चालित ’मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग परियोजना’का अन्तरगत सो कार्यक्रम सञ्चालन भएको थियो ।
माडी क्षेत्रमा बर्षेनी बढ्दै गएको आत्महत्या रोकथामको प्रयासमा क्यानेडियन रेडक्रसको सहयोगमा रेडक्रस चितवन र माडी रेडक्रस उपशाखाहरुले माडी नगरपालिकाको सहभागितामा आत्महत्या रोकथाम र स्व-हेरचाह सम्बन्धी सो अल्पकालीन परियोजना सञ्चालनमा रहेको हो ।