माडी (स्थानीय) खबर पोष्ट

विद्रूप हुलाकी सडक तथा पुल निर्माण पूर्णताको दवाबका लागि माडीको सरोकार समिति सक्रिय

चितवन । पूर्वी माडीको विद्रूप सडक एवं पुल निर्माण पूर्णताको दवाबका लागि गठित सरोकार समितिले माडीका नगरप्रमुखसंग ‘सरोकार भेट’ गरेको छ । मंगलबार नगरप्रमुख ताराकुमारी काजी महतोलाई सरोकार पत्र बुझाउँदै हुलाकी सडक तथा पुल

घाँसदाउराका लागि निकुञ्ज छेउ जाँदा हराइरहेका माडी धोबाहाका एक बृद्धको खोजी हुँदै

चितवन । घाँसदाउराका लागि निकुञ्ज छेउ जाँदा हराइरहेका माडी-३ धोबाहा निवासी बृद्ध पाहुन महतोको खोजी सुरु भएको छ । घाँसदाउराका लागि रीउ नदी पारी निकुञ्ज छेउको घाँसे मैदानमा जानुभएका अन्दाजी ७८ बर्षका बृद्ध महतो

माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरमा राखिएको दानपेटिका फुटाई पैसा लुटपाट

चितवन । हालै नित्य पूजाअर्चना सुचारु भएको माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरको दानपेटिका फुटाई पैसा लुटिएको छ । गर्दी सामुदायिक पुस्तकालय नजिकै रहेको सो मन्दिरको ढोकामा राखिएको दानपेटिकालाई अपरिचित व्यक्ति(हरु?)ले मन्दिर पछाडि लगेर

जेष्ठ नागरिक जिल्ला संघ, चितवनले माडीका सबै वडाहरुमा ज्येष्ठ नागरिक समिति गठन हुँदै

चितवन । जेष्ठ नागरिक जिल्ला संघ, चितवनको आयोजना र माडी नगरपालिकाको समन्वयमा माडीका सबै वडाहरुमा वडास्तरीय ज्येष्ठ नागरिक समिति गठन सुरु भएको छ । यस क्रममा आइतबार वडाध्यक्ष पुरन महतोको प्रमुख आतिथ्यमा माडी नगरपालिकाको

समृद्धिका लागि युवा अभियान माडीद्वारा नगरप्रमुख महतोसंग भेट गरी ढिलासुस्तीबारे छलफल

चितवन । माडीका युवाहरुले सुरुवात गरेको ‘समृद्धिका लागि युवा अभियान’ले माडीका नगरप्रमुख ताराकुमारी काजी महतोसंग भेट गरी विकास निर्माणका काममा भएगरेका ढिलासुस्तीबारे छलफल गरेको छ । अभियानका अगुवाहरु कृष्ण पौडेल, रामबन्धु पाख्रेल, रामचन्द्र लम्साल

स्वदेश एफ.एम.अवलोकन र भेटघाटका लागि विदेशी (भारतीय) श्रोताको नेपाल आगमन

चितवन । स्वदेश एफ.एम.को अवलोकन र स्वदेशकर्मीहरूसंग भेटघाटका लागि रेडियोका नियमित श्रोता, भारत मध्यप्रदेश साझापुर निवासी हरिश्चन्द्र पाण्डे नेपाल आउनु भएको छ । ब्रह्मकुमारी अभियानमा सरिक पाण्डे स्वदेश एफ.एम.बाट प्रशारित हुने सम्पूर्ण कार्यक्रमहरूको नियमित

माडीमा सडकको दुरावस्था र पुल निर्माण अलमलप्रति खबरदारीका लागि नागरिक सरोकार समिति

चितवन । पूर्वी माडीको निर्माणाधीन सडकको दुरावस्था एवं पुल निर्माणको अलमलप्रति समुदायस्तरबाट खबरदारीका लागि सरोकार समिति गठन भएको छ । माडी ८ र ९ का सामाजिक अगुवाहरुको भेलाले सडक र पुल निर्माणमा भइरहेको ढिलासुस्ती

निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा चेपाङका घरहरू भत्कायो (ब्रेकिङ)

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा चेपाङका घरहरु भत्काएको छ । निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरु दिउँसो १२ देखि ३ बजेसम्म कुसुमखोलाका विभिन्न गाउँमा पुगी १० वटा घरहरु र एकवटा

‘समृद्धिका लागि युवा अभियान माडी’ ले ढिलासुस्ती, भ्रष्टाचार र वेथिती बिरुद्ध खबरदारी गर्ने

चितवन । ‘समृद्धिका लागि युवा अभियान माडी’ नामको नयाँ अभियान सुरुवात गर्दै माडीका अगुवा युवाहरुले ढिलासुस्ती, भ्रष्टाचार र वेथिती बिरुद्ध खबरदारी बढाएका छन् । माडी १ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल, माडी ५ का