देश-प्रदेश खबर पोष्ट

माडीका चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित, नगरपालिका अगाडि धर्ना (भिडियो सहित)

चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलाका सुकुम्बासी चेपाङहरूको घर भत्काएको र चेपाङ युवालाई कुटेर मारेको बिरोधमा माडीका चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित भएका छन् । बाँदरझुला सुकुम्बासी संघर्ष समिति, कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति र पौहारी

श्रीमतीलाई खुर्पाले काटी सख्त घाइते बनाएर एक पुरुषले गरे झुण्डिएर देहत्याग

पूर्वी माडीको प्याउलीमा श्रीमतीलाई खुर्पाले काटी सख्त घाइते बनाएर एक पुरुषले झुण्डिएर देहत्याग गरेका छन् । माडी-९, प्याउली निवासी अन्दाजी बर्ष ३५ का धने बि.क.ले बिहान करीब ७ बजे झुण्डिएर देहत्याग गरेका हुन् ।

सेनाको कुटाईबाट मृत्यु भएका चेपाङ युवकको परिवारलाई राहतस्वरुप एक लाख रुपैंया

निकुञ्ज रक्षक सेनाको कुटाईबाट मृत्यु भएका पूर्वी चितवनका चेपाङ युवकको परिवारलाई राहतस्वरुप एक लाख रुपैंया दिने सहमती भएको छ । सहमतिपछि राजकुमारको शव बुझ्न उनका आफन्तजन सहमत भएका छन् । गत साउन १ गते

माडीका नगरप्रमुख र दुई वडाध्यक्षहरु सहित पाँचजनाको बिरुद्धमा बेनामे उजुरी

चितवन । कुसुमखोलाबाट विस्थापित चेपाङ परिवारहरुलाई आवास निर्माणको योजना अगाडि बढाएका माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र दुई वडाध्यक्षहरु सहित पाँचजनाको बिरुद्धमा बेनामे उजुरी परेको छ । माडीका नगरप्रमुख ढकालसंगै माडी ७ का वडाध्यक्ष

गोदावरी न.पा.का प्रमुख प्रशासकीय अधिकृत घूस रकमसहित पक्राउ

माडी नगरपालिकाबाट सरुवा भई हाल गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद जैसी घूस रकमसहित पक्राउ परेका छन् । जैसीसंगै सो नगरपालिकाका सब-इन्जिनियर किशोरकुमार मोक्तानलाई अख्तियारको टोलीले एक लाख ५० हजार घूस रकम

बस्तीमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका सुकुम्बासीहरु आक्रोशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोला निवासी सुकुम्बासीहरूको घरमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका चेपाङ र सुकुम्बासीहरु आक्रोशित भएका छन् । निकुञ्जले शनिवार माडी-९, कुसुमखोला निवासी दाङ बहादुर प्रजा र दीप बहादुर

लव कुशको जन्मस्थल बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा

भगवान रामका सन्तानहरु लव र कुशको जन्म एवं क्रिडास्थल तथा महर्षि बाल्मीकिको आवासस्थलका रुपमा ख्यातिप्राप्त बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा परेको छ । आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उहाँले पाताल प्रवेश गरेको स्थान

महानगर प्रमुख रेनु दाहालद्वारा देवीथान पार्कमा वृक्षरोपणकाे उद्घाटन

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिमी चितवनको देवीथान पार्कमा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ र २५ को सिमानामा पर्ने देवीथान पार्कमा नगर प्रमुख दाहालले शुक्रबार हाडे

अयोध्यापुरीमा अध्ययन र उत्खननका लागि पुरातत्व विभाग सक्रिय

हाल देशव्यापी चर्चामा रहेको माडीको अयोध्यापुरी क्षेत्रमा अध्ययन र उत्खननका लागि पुरातत्व विभाग सक्रिय बनेको छ । विभागका बिज्ञहरु आउँदो एक साताभित्र माडी आइपुग्ने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । त्यसैगरी अयोध्यापुरी क्षेत्रको