मानव बेचबिखन तथा ओसार पोसार बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
थ्रि एञ्जल्स नेपाल, चितवनको आयोजनामा मानव बेचबिखन तथा ओसार पोसार बिरुद्ध स्थानीय सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘उद्धार, रोकथाम र पुनस्र्थापनाको माध्यमबाट मानव बेचबिखनको गरौं अन्त्य’ भन्ने नारासहित माडीको बघौंडास्थित माडी भिलेज
रेवा त्रिवेणी क्षेत्र ‘रेवा त्रिवेणी धाम’ बन्दै
मध्यपूर्वी माडीको दिवानगरस्थित रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धाम बनाउन स्थानीयबासीहरु जुटेका छन् । सो क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गरी धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा चिनाउन बृहत् माघी मेलासंगै श्रीमद्भागवत सप्ताह ज्ञान
कुसुमखोला स्वास्थ्य क्लिनिकको जिम्मेवारी माडी नगरपालिकालाइ
कुसुमखोलास्थित सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालनको जिम्मेवारी माडी नगरपालिकाले लिएको छ । अति विपन्न तथा सिमान्तकृत चेपाङ, तामाङ र भुजेलसंगै दलित समुदायको बसोबास रहेको कुसुमखोलामा खोप तथा प्राथमिक उपचार सेवा उपलब्ध गराउन तात्कालिन जिल्ला जनस्वास्थ्य
माडीका थारु महिलाहरुलाई साँस्कृतिक पोशाक वितरण गरियाे
थारु कल्याणकारी सभा क्षेत्र नं. १, माडी चितवनको आयोजनामा शनिवार माडीका थारु महिलाहरुलाई थारु साँस्कृतिक पोशाक वितरण गरिएको छ । पर्यटन विकास समिति, माडी नगरपालिकाको सहयोगमा थारु समुदायका महिलाहरुलाई पोशाक वितरण गरिएको हो ।
माडीका दुईवटा सहकारीमा चोरीको प्रयास
पश्चिमी माडीका दुईवटा सहकारी संस्थाहरुमा बिहीबार राती चोरीको प्रयास भएको छ । माडी नगरपालिका वडा नं. १, बरुवास्थित सहनशीला महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वडा नं. २, भैरवपुरस्थित कृषक उपकार मध्यवर्ती
माडीमा तीनपाङ्ग्रे अटो दुर्घटनाः बच्चासहित पाँचजना घाइते
तीनपाङ्ग्रे अटो दुर्घटनामा परी शुक्रबार माडी नगरपालिका-५, नयाँपिपरियामा बच्चासहित पाँचजना घाइते भएका छन् । तीब्र गतिमा क्षमताभन्दा धेरै यात्रु बोकी अटो चलाउँदा सो दुर्घटना भएको हो । ना. २ ह. ३४९१ नम्बरको अटो दुर्घटनामा
खैरहनी मा. वि. मा गाउँखाने कथा प्रतियोगिता सम्पन्न
खैरहनी माध्यमिक विद्यालयको युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रबार अन्तर सदन गाउँखाने कथा प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा सीता सदनका समीर घिमिरे, भावना भटट्राई र दीक्षा खड्का सम्मिलित टोली प्रथम, गौतम बुद्ध सदनका ज्योति
समुदाय–प्रहरी साझेदारी तथा सार्वजनिक सुनुवाई सम्पन्न
हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरीको नारासहित शुक्रबार शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय, माडीद्वारा आयोजना गरिएको सो
वडा नं. ४ को सार्बजनिक सुनुवाई सम्पन्न
माडी नगरपालिका वडा नं. ४ को वडास्तरीय सार्बजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वडाध्यक्ष चन्द्रदीप महतोको अध्यक्षतामा वडा कार्यालयको प्राङ्गण, सिधुवामा सम्पन्न सो कार्यक्रममा वडास्तरीय टोल सुधार समिति, उपभोक्ता समिति, संघसंस्था र