माडीको बरुवा बजारमा अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन १२औँ (राष्ट्रिय पोशाक एवं) टोपी दिवस मनाइएको छ ।
विज्ञापन १
बरुवा बजारका युवा एवं सामाजिक अगुवाहरुले नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन टोपी दिवस मनाएका हुन् । ‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने नाराका साथ शिरमाथि टोपी पहिरिएर दिवस मनाइँदैछ ।
विज्ञापन २
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ ।
विज्ञापन ३