माडीको बसन्तपुरमा सुबिधासम्पन्न रिसोर्ट सहितको पार्टी प्यालेस निर्माण कार्य जारी

121
SwadeshPost

माडीको बसन्तपुरमा सुबिधासम्पन्न रिसोर्ट सहितको पार्टी प्यालेस निर्माण कार्य जारी रहेको छ । मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेसको नाउँमा निर्माण जारी रहेको सो प्यालेसको निर्माण पुरा हुँदा करीब ६०० जना सहभागीहरु अटाउने सभाहल सहित विवाह मण्डप, गणेशको मन्दिर, वातानुकूलित अट्याच आश्रय कोठा, बगैंचा आदि तयार हुने प्यालेसका सञ्चालक प्रेमनाथ भुसालले जानकारी दिनुभयो । हाल करीब ६० प्रतिशत काम पुरा भएको र आउँदो बैशाखबाट पार्टी प्यालेस सञ्चालन सुरुवात गरिने उहाँको भनाई छ ।

माडीमा ठूलो सभाहल युक्त ठाउँको अभावमा ठूला गोष्ठी र सेमिनारहरु आयोजना गर्न असहज भएको कतिपय आयोजकहरुले गुनासो गर्ने गरेकोमा सो सभाहलको निर्माणपश्चात त्यसप्रकारको समस्या नरहने र यसले माडीको पर्यटन प्रवद्र्धन गर्ने सञ्चालक भुसालको भनाई छ । हाल संरचनाजन्य काम पुरा भइसकेको अवस्थामा सजावटजन्य कामहरु जारी रहेको र आवश्यक परे हल उपयोग गरी स्टेज कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको भनाई थियो ।

SwadeshPost