सोमेश्वर मध्यवर्ती सा. वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न
माडीकै सर्बाधिक क्षेत्रफल र उपभोक्ता रहेको सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको बिहीबार २२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७४/७५ बार्षिक प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरि
सोमेश्वरगढी गुरूयोजनाको प्रस्तुतिकरण तथा सुझाब संकलन सम्पन्न
पर्यटन विकास समिति माडी नगरपालिको आयोजनामा बिहीबार सोमेश्वरगढी गुरूयोजनाको प्रथम प्रस्तुतिकरण तथा सुझाब संकलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्जिनियर प्राध्यापक राजन सुयाल र बिमला तुलाधरले सोमेश्वरको गुरुयोजनाबारे प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँहरुले
इ.प्र.का माडीद्वारा ट्राफिक सचेतना अभियान तिब्र
इलाका प्रहरी कार्यालय माडीद्धारा ट्राफिक सचेतना अभियानलाइ तिब्र पारिएकाे छ । ट्राफिक सचेतनाका अभियानका क्रममा बुधबार बजार तथा गाउँ क्षेत्रमा माइकिङ गरिएको छ । माडीका मुख्य मुख्य बजारहरु बसन्तपुर, कल्याणपुर सिधुवा, रमाइलोडाँडा लगायतका क्षेत्रमा
संकलित थप रकम माडीका बामपन्थी नेता भुसाललाइ हस्तान्तरण
घाँटीको क्यान्सर पीडित संरक्षणकर्मी तथा माडीका बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगको अभियानका क्रममा संकलित थप रकम आज (बुधबार) हस्तान्तरण गरिएको छ । भुसालको उपचार सहयोगार्थ रविन्द्र सिह ठकुरी, उमाकान्त शर्मा, हरिराम रेग्मी, भीमलाल
तराई मधेशमा आज धुमधामका साथ जितिया पर्व मनाइँदै
तराई मधेशमा आज धुमधामका साथ जितिया पर्व मनाइँदै छ । थारु तथा मधेसी समुदायका नारीले आफ्ना पति एवं सन्तानका लामो आयुको कामना गर्दै जितिया पर्व मनाउने चलन रहेको छ । तराई मधेशमा लोकप्रिय रहेको
चाडपर्व नजिकिँदै गर्दा माडीमा ट्राफिक चेक जाँचमा कडाइ
चाडपर्व नजिकिँदै गर्दा ईलाका प्रहरी कार्यालय माडी अन्तरगतका ट्राफिक प्रहरीले मादक पदार्थ सेवन, हेलमेट र सवारी चालक अनुमती पत्रलगायत कागजातहरुको चेक जाँचलाई कडाइ गरेको छ । सवारी सुरक्षालाई मध्यनजर गर्दै माडीका विभिन्न स्थानमा छड्के
माडी देबेन्द्रपुरमा सामाजिक संस्था देवेन्द्रपुर युवा क्लब गठन
माडी नगरपालिका वडा नं ७, देबेन्द्रपुरमा नयाँ सामाजिक संस्थाका रुपमा देवेन्द्रपुर युवा क्लब गठन भएको छ । वडा सदस्य जगन्नाथ लामिछानेको अध्यक्षतामा बसेको बैठकले क्लबको अध्यक्षमा नबिन अधिकारीलाई चयन गरेको छ भने उपाध्यक्षमा सन्दिप
युवा सहयोगी समाजद्वारा माडीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण
युवा सहयोगी समाज भरतपुरको आयोजनामा माडी नगरपालिका वडा नं. ९ स्थित कृष्णनगर माध्यामिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । कृष्णनगर माध्यामिक विद्यालयका प्रधानाध्यापक मुक्तिराम सुवेदिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको
दिवाकर स्मृति प्राविधिक शिक्षालय माडिमा नयाँ भर्ना हुने क्रम जारी
दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरमा जारी शैक्षिक सत्रका लागि नयाँ भर्ना हुने क्रम जारी रहेको छ । पशुबिज्ञान र सिभिल इञ्जिनियरिङ्गको कार्यक्रम सञ्चालन हुने सो शिक्षालयमा साेमबारसम्म १७ जनाले भर्ना गरिसकेको शिक्षालयका प्राचार्य पुष्पराज