१९ औं अन्तरमाडी होली कप नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिनका तीन खेलहरुमा बसन्तपुर , स्टार र योङ्ग स्टार विजयी

373
SwadeshPost

१० चैत, चितवन । माडीको गौरीनगरमा सञ्चालित १९ औं अन्तरमाडी होली कप नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिनका तीन खेलहरुमा बसन्तपुर युनाइटेड क्लब, स्टार स्पोर्टस् क्लब र योङ्ग स्टार क्लब पौहारी विजयी भएका छन् ।पहिलो खेलमा ग्रीनल्याण्ड युथ क्लब कृष्णनगरलाई बसन्तपुर युनाइटेड क्लबको ए टोलीले ०-५ गोलअन्तरबाट पराजित गरेको हो । खेलमा बसन्तपुरका लागि ह्याट्रिक गर्न सफल रितेश क्षेत्री म्यान अफ द म्याच घोषित हुनुभयो ।त्यस्तै दोश्रो खेलमा स्टार स्पोर्टस् क्लब बरुवाले सहारा युथ क्लब ब्रम्हपुरीलाई ०-६ को फराकिलो गोलअन्तरबाट पाखा लगायो । खेलमा स्टार स्पोर्टस्का जमिर मियाँ म्यान अफ द म्याच घोषित हुनुभयो ।

तेश्रो खेलमा रेडहिल युनाइटेड क्लब, माडी ४ खैरहनी लाई ०-२ गोल अन्तरले पराजित गर्दै योङ्ग स्टार युवा क्लब पौहारी दोश्रो चरणमा प्रवेश गरेको छ । सो खेलको म्यान अफ द म्याच पौहारीका विशाल बोट घोषित हुनुभयो ।गौरीशंकर युवा क्लबको आयोजनामा जारी सो प्रतियोगिता अन्तरगत (भोलि) बुधबार बिहान ९ बजे माडी सुनचाँदी व्यवसायी संघ बिरुद्ध देबेन्द्रपुर युवा क्लब, दिउँसो १ बजे ध्रुबतारा युवा क्लब रामराज्यपुर बिरुद्ध बर्डस् नेपाल बघौंडा र दिउँसो ३ बजे आयोजक गौरीशंकर युवा क्लब ‘बी’ बिरुद्ध ज्ञानज्योति युवा क्लब, भैरवपुर खेल्नेछन्

SwadeshPost