नेकपा पार्टीका अध्यक्ष केपी ओलीले नेताद्वय नेपाल र रावललाई पार्टी सदस्य निलम्बन

351
SwadeshPost

चितवन । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगिरहँदा सो पार्टीका अध्यक्ष केपी ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।

अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा निलम्बनलाई सच्चिने अन्तिम अवसर भन्दै नेताद्वयले ‘हालकै गतिविधि’ कायम राखे थप कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ । स्पष्टीकरणको जवाफमा नेताद्वयले गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र उल्लेख गरेको भन्दै निलम्बनको कारबाही गरेको पत्रमा उल्लेख गरिएको छ ।

यसअघि ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेकोमा नेताद्वयले चैत १२ गते जवाफ दिनुहँदै ‘विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने’ भनी प्रतिप्रश्न गर्नुभएको थियो ।

SwadeshPost