उपमेयर महतोमाथि अमर्यादित व्यवहार भएको भन्दै थारु कल्याणकरिणी सभा माडीद्वारा बिरोध

98
SwadeshPost

७ बैशाख, चितवन । माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोमाथि वडाध्यक्ष रामबन्धु पोखरेलबाट अमर्यादित व्यवहार भएको भन्दै थारु कल्याणकरिणी सभा, क्षेत्र नं. १, माडीले बिरोध गरेको छ ।

थारु कल्याणकारिणी सभा, माडीका अध्यक्ष भीमप्रसाद महतो र सह-सचिव लीलकुमार महतोले संयुक्त हस्ताक्षर गरी प्रेषित गर्नुभएको बिज्ञप्तीमा आदिवासी थारु सम्प्रदायकी उपप्रमुख महतोको अपमान भएको उल्लेख गरिएको छ । महतोमाथिको धम्की र अभद्र व्यवहारलाई ‘समस्त थारु जातिमाथिकै अपमानको रुपमा ठहर’ गर्दै वक्तव्यमा भर्त्सना समेत गरिएको छ ।

त्यसैगरी वक्तव्यमा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा लिई आउन लागेका अर्जुन गौतमलाई माडी आउन रोक्ने प्रयास भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ । यसअ

Mahindra