सीतारामको मूर्ति प्रतिस्थापन कार्यक्रममा जनकपुरको माटो सहित प्रदेश २ प्रमुख अहिराज सहभागी

370
SwadeshPost

८ बैशाख, चितवन । माडीको कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाममा सीतारामको मूर्ति प्रतिस्थापन कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज समेत सहभागी हुनुभएको छ ।

जनकपुरस्थित जानकी मन्दिरभित्रको माटो, गंगासागरको जल, बराह क्षेत्रस्थित चतराधामको माटो र कोशी नदीको जल लिएर प्रदेश २ प्रमुख अहिराज माडी आउनुभएको हो । उहाँले ल्याउनुभएको जनकपुरधामको माटो अयोध्याधामाममा स्थापित राम, सीता, लक्ष्मण र हनुमानको मुर्तीको जगमा राखिएको छ ।

यसबाट अयोध्या र जनकपुरको ऐतिहासिक एवं धार्मिक सम्बन्धसंगै धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बल पुग्ने अहिराजले विश्वास व्यक्त गर्नुभयो । स्वदेशसंग कुराकानी गर्दै उहाँले माडीको अयोध्याक्षेत्रको प्रवद्र्धन अब जनकपुरले गर्ने र दुई धामबिच अन्योन्याश्रित सम्बन्ध बनेको समेत बताउनुभयो ।

SwadeshPost