माडीमा कोरोना संक्रमण नियन्त्रणको अभियान बजार केन्द्रीत भएको काँग्रेसको आरोप

176
SwadeshPost

२७ बैशाख, चितवन । नेपाली काँग्रेस माडी नगर समितिले माडी नगरपालिकाद्वारा सञ्चालित कोरोना संक्रमण नियन्त्रणको अभियान बजार केन्द्रीत भएको आरोप लगाएको छ ।

काँग्रेस माडी नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले एक वक्तव्य प्रकाशित गर्दै नगरपालिकालाई बजार केन्द्रीत भएको आरोप लगाउँदै गाउँटोल केन्द्रीत हुन ध्यानाकर्षण गराएको हो । गाउँटोलका झुपडीहरुमा रहेका नागरिकहरुले समेत स्थानीय सरकारको उपस्थिति महसुस गरी पि.सि.आर. परीक्षण गर्न पाउनुपर्ने वक्तव्यमा माग गरिएको छ ।

कोभिड १९ को संक्रमण बढ्दा समेत विवाह, पूजाआजा, ब्रतबन्धको बहानामा भीडभाड हुन नछोडेको र यसले स्वास्थ्यमा जोखिम ल्याएको भन्दै यस्ता गतिविधीहरुमा तुरुन्त रोक लगाउन पनि स्थानीय सरकार समक्ष काँग्रेस माडीले माग गरेको छ । कोभिड-१९ नियन्त्रणको अभियानमा आवश्यक सहयोग गर्न काँग्रेसले पार्टीपंक्ति र भ्रातृसंगठनहरुलाई अनुरोध समेत गरेको छ ।

SwadeshPost