आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीमा माछा बोक्ने गाडीले पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसारेको भेटियो

  • A
  • A+
  • A++

२ जेठ, चितवन । माडीमा माछा बोक्ने गाडीले पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसार पोसार गरेको भेटिएको छ ।

विज्ञापन १

माछा ढुवानी सेवा लेखिएको ना.४ च. ८१४४ नम्बरको बोलेरोमा ३ वटा ड्रम लोड गरी त्यसभित्र ६ जना मानिसहरु लुकाई माडीतिर ल्याउँदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल छरछरेको टोलीले रीउ पुलमाथि भेटेको हो । गाडी साहु र त्यसका ड्राइभर बोलेरो गाडीको अगाडि बसेको तथा अन्य ६ जना ड्रमभित्र लुकेको अवस्थामा भेटिएका थिए ।

विज्ञापन २

प्रशासनले जरुरी सेवा क्षेत्रमा सुचिकृत गरी माछा ढुवानी समेतलाई निशेधाज्ञाको अवधीमा चल्न दिने बनाएकोमा त्यसलाई दुरुपयोग गर्दै मानिसहरुकै अवान्छित ओसार पोसारमा संलग्न रहेसंगै गाडीमा सवार सबै ८ जनालाई शसस्त्र प्रहरीले ‘भाटा लगाउँदै’ भरतपुरतिरै फर्काइदिएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया