माडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

331
SwadeshPost

चितवन । माडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ६ निवासी ७२ बर्षिय कोरोना संक्रमित वृद्धको उपचारको क्रममा बघौंडा अस्पतालमा मृत्यु भएको हो । गत ज्येष्ठ १ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि जेठ ४ गते माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा भर्ना भएका थिए । उनको गएसाँझ करीब ७ः३५ बजे निधन भएको अस्पतालले बिहीबार जानकारी दिएको छ ।

यो सँगै माडीमा कोरोना कारण ज्यान गुमाउनेको कुल संख्या ७ पुगेको छ । यसअघिका मृतकहरु अधिकांशको भरतपुर अस्पताल र केहिको अस्पताल लैजाने क्रममा बाटो वा घरमै मृत्यु भएको थियो । बघौंडा अस्पतालमै भर्ना भइ उपचार गराइरहेका कोरोना संक्रमितको पहिलो मृत्यु भएसंगै सो अस्पतालले वक्तव्य प्रकाशित गरी शोक व्यक्त गरेको छ ।

SwadeshPost