कित्ताकाटको फाइल बढाएसंगै माडी नगरपालिका एकाएक विवादमा

291
SwadeshPost

१९ जेठ, चितवन । माडी क्षेत्रमा जग्गा खण्डिकरण र प्लटिङको कारोबार गरिआएको भू-माफिया समूहले सयौं बिगाहा जमीनमा १३१ वटा कित्ताकाटको फाइल अगाडि बढाएसंगै माडी नगरपालिका एकाएक विवादमा तानिएको छ ।भू-माफिया समूहले माडीस्थित मालपोत र नापी कार्यालयका प्रमुखहरुको हस्ताक्षर समेत गराई कित्ताकाट र खण्डिकरण सिफारिसका लागि माडी नगरपालिकामा पेश गरेको थियो ।

तर नगरपालिकाका सम्बन्धित कर्मचारीले नगरपालिकाको मौजुदा निती बिपरित हुने भनी खण्डिकरणको फाइलमा हस्ताक्षर गर्न असहमती जनाएसंगै सो प्रकरण बाहिरिएको हो । सामाजिक सेवामा समेत सरिक रहेको देखाउने भू-माफियाको सो समूहले आर्थिक प्रलोभनसहित कागजी प्रक्रिया अगाडि बढाउने गरेको नगरश्रोतले बतायो ।यसैबिच, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले कित्ताकाट सिफारिसको फाइल आफू संयोजक रहेको निर्देशक समितिमा निणर्यार्थ हाल सम्म नआएको दावी गर्नुभएको छ । तत्काल कित्ताकाटको कुनै योजना नरहेको बताउँदै कृषि योग्य जमिनको संरक्षण र उत्पादनको विकासमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

माडीका केहि राजनैतिक दलले जग्गा कित्ताकाटबारे राखेको चासोप्रति आभारी रहेको बताउँदै उहाँले खेतियोग्य जमिनलाई खण्डीकरण नगर्ने र नगराउने नगरपालिकको निती रहेको बताउनुभयो ।

SwadeshPost