खेतीयोग्य जमीनको व्यवसायिक कित्ताकाट र खण्डिकरण नगर्न नेकपा (माओवादी केन्द्र) माडीकाेध्यानाकर्षण

368
SwadeshPost

१९ जेठ, चितवन । माडीको खेतीयोग्य जमीनको व्यवसायिक कित्ताकाट र खण्डिकरण नगर्न नेकपा (माओवादी केन्द्र) माडी नगर कमिटिले नगरपालिकासंगै मालपोत र नापी कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

नगर इञ्चार्ज दण्डपाणि पौडेल र नगर अध्यक्ष प्रभु प्रसाद महतोद्वारा संयुक्त हस्ताक्षरित एक विज्ञप्तिमार्फत सो पार्टीले माडी नगरपालिकाको खेतियोग्य जमिनलाई खण्डीकरण नगर्ने र नगराउने निती विपरित चालू आर्थिक बर्षको अन्त्यमा त्यसप्रकारकों चलखेल भैरहेको बताएको हो । त्यसप्रकारको चलखेल रोक्न बिज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ । यसैबिच, भु-माफियाको पक्षपोषण हुने गरी काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले माडी नगरपालिकालाई सचेत गरेका छन् ।

जग्गा खण्डिकरण र प्लटिङको कारोबार गरिआएको भू-माफिया समूहले आर्थिक प्रलोभनसहित माडी-३, धोबाहा, रतनी र पौहारी गाउँको सयौं बिगाहा जमीनमा १३१ वटा कित्ताकाटको फाइल अगाडि बढाएपछि विवाद उठेको हो ।

SwadeshPost