जग्गा खण्डिकरण विवाद बिषयक सर्बदलीय बैठकको उत्तरार्धमा बिप्लव नेतृत्वको नेकपा बाहिरियो

316
SwadeshPost

२८ ज्येष्ठ, चितवन । जग्गा खण्डिकरण विवादका बिषयमा माडीमा शुक्रबार बसेको सर्बदलीय बैठकको उत्तरार्धमा बिप्लव नेतृत्वको नेकपा बाहिरिएको छ ।

सो पार्टीका माडी नगर इञ्चार्ज ‘रमा’ले जारी गर्नुभएको वक्तव्यमा जग्गा खण्डिकरणबारे छलफलमा सहभागी गराउने पक्षबारे बिवाद भएसंगै आफूहरु बैठकबाट बाहिरिएको जनाइएको हो । वक्तव्यमा, माडीका राजनैतिक दलहरुले नगरपालिकामा भएगरेका धेरै कमीकमजोरीहरुको उठान गरेको पनि उल्लेख गर्दै कुनै ठोस निर्णय गर्ने वातावरण नभएको जिकीर गरिएको छ ।

उठेका बिषयहरुमा ठोस निर्णय गर्नका लागि पुनः बैठक बस्नुपर्ने आवश्यकता महसुस गरी उठेका बिषयहरु मध्ये बढी चर्चामा रहेको जग्गा खण्डिकरणबारे सम्पूर्ण दल, सम्बन्धित कर्मचारी, मालपोत र नापी कार्यालय तथा ट्वन्टीवान प्रपर्टी ग्रुपबिच बैठकको माग गरिएको वक्तव्यमा जनाइएको छ । सो मागको सम्बन्धमा माडी नगरपालिका पक्षले दल र ट्वन्टीवान प्रपर्टी ग्रुपबिच मात्रै बैठक बस्न अडान लिएपछि आफूहरु बैठकबाट बाहिरिएको वक्तव्यमा दावी गरिएको छ ।

SwadeshPost