योध्याधाम रहने माडी-९, कृष्णनगरस्थित १०० बिगाहा जमीन धामको नाममा निर्णय गरिदिन बैंकल्पिक बिधी अपनाउने

254
SwadeshPost

चितवन । अयोध्याधाम रहने माडी-९, कृष्णनगरस्थित १०० बिगाहा जमीन सो धामको नाममा निर्णय गरिदिन मन्त्रिपरिषद गुहारेको माडी नगरपलिकाले अब जग्गा दर्ताको बैंकल्पिक बिधी अपनाउने भएको छ ।

यसअघि पटक पटक मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा प्रस्तावित अयोध्याधामको औपचारिक निर्णय सहित सोको नाउँमा जमीन दर्ताको आग्रह गरेपनि निर्णय नभएको माडी नगरपालिकाको गुनासो छ । त्यसकारण नगर कार्यपालिकाको बैठकले प्रमुख जिल्ला अधिकारी (सि.डि.ओ.) नेतृत्वको जिल्लास्तरीय संयन्त्रमार्फत जमीन दर्ता सिफारिसको बैंकल्पिक उपायमा समेत जाने निर्णय गरेको हो ।

हाल अयोध्याधामका लागि प्रस्तावित उत्तरतिर रीउ नदीदेखि दक्षिण बाटोसम्मको जमीनलाई २०२२ सालमा राप्ती दुन जग्गा वितरण कसिसनले नापी गरी पूर्जा दिएको थियो । तर २०२६ सालको बाढीले बगर बनाएसंगै सो जमीनक्षेत्र उपयोगहीन भएको थियो । पछि, २०५२ सालमा भएको नापीमा सो बगर नसमेटिएकाले निकुञ्जले आफ्नो संरक्षित क्षेत्र दावी गर्ने गरेको छ ।

SwadeshPost