निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैंडा फेला

87
SwadeshPost

३१, साउन चितवन । चितवन राष्ट्रिय निकुञ्जको माडी बगई क्षेत्रअन्तर्गत घाँघर बाटुलिचौरमा खाग काटिएको अवस्थामा मृत गैंडा भेटिएको छ ।अन्दाजी २० वर्षको मृत गैंडा दलदलमा फसेको अवस्थामा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आईतबार सार्वजनिक गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

कुहिएर भाले पोथी पहिचान हुन नसकेको गैँडाको खाग काटिएको र टाउकोमा गोली लागेको जस्तो चोट देखिएको उहाँले बताउनुभयो । घटना लगत्तै कारागारबाट छुटेका र अन्य शङ्कास्पदमाथि अनुसन्धान थालिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आ.व.काे साउनमा मात्रै यो सहित प्राकृतिक कारणले ६ वटा गैँडा मरेका छन् । #स्वदेश न्यूज डेस्क२०७८ श्रावण ३१ गते आइतबार, दिउँसो ०३:३१ मा प्रकाशित

SwadeshPost