मेयरले एकल निर्णयबाट कर्मचारी सरुवाको पत्राचार गरेको भन्दै नेपाली कांग्रेस माडी असन्तुष्ट

30
SwadeshPost

१६ पाैष, चितवन । कार्यपालिकालाई जानकारी नगराई एकल निर्णयबाट प्रमुख प्रशासकीय अधिकृतको सरुवाको पत्राचार गरेको भन्दै नेपाली कांग्रेस माडी नगर समितिले असन्तोष व्यक्त गरेको छ ।

कांग्रेसको माडी नगर समितिले एक वक्तव्य जारी गर्दै पछिल्लो समय समाचारमा आएका टिका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै एउटै नगर प्रमुखको कार्यकालभित्र छोटो छोटो समयमा भइरहने प्रमुख प्रशासकिय अधिकृतको विवादस्पद सरूवाप्रति असन्तुष्टी जनाएको हो ।

कांग्रेस माडी नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेद्वारा संयुक्त हस्ताक्षरित सो वक्तव्यमा व्यक्ति नै तोकेर जिम्मेवारी दिन माग गरिनु संसदीय प्रणालीको भावना तथा गठबन्धनको मर्म विपरित रहेको उल्लेख गरिएको छ । साथै आउँदा दिनमा गठबन्धनको भावना बिपरित हुनेगरी माडीबासीको हीत अनुकूल आवश्यक कदम नचालिए गम्भीर पाइला चाल्न बाध्य हुने समेत वक्तव्यमा उल्लेख भएको छ ।

SwadeshPost