आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

देश-प्रदेश खबर पोष्ट

प्रचण्डद्वारा सडक र नदी तटबन्धन सम्बन्धी तीनवटा ठूला परियोजनाहरुको छुट्टाछुट्टै शिलान्यास

  • A
  • A+
  • A++

भदाै ८, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा सडक कालोपत्रे, पुल, कज्वे एवं नदी तटबन्धनका तीनवटा ठूला परियोजनाहरुको छुट्टाछुट्टै शिलान्यास गर्नुभएको छ ।

विज्ञापन १

रीउको पुलदेखि बनकट्टासम्म बाटो ढलान तथा बरुवा, बसन्तपुर, कल्याणपुर, कीर्तनपुर र देवेन्द्रपुर बजारहरुमा नाला निर्माण, चिरौलीको भ्यागुते घोलमा पुल र मगुई नजिकै कजवे निर्माणका लागि करीव ८ करोड रुपैंया बजेटमा भएको एकीकृत टेण्डरको प्रचण्डले बनकट्टामा सांकेतिक शिलान्यास गर्नुभएको हो ।

विज्ञापन २

त्यसैगरी निर्वाचन क्षेत्र कार्यक्रम अन्तरगत बरुवा बजारबाट भैरवपुर, पर्साचोक हुँदै सितलपुर (गंगटे खोला) पुग्ने १३ किलोमिटर कालोपत्रे तथा ८ वटा कल्भर्ट र नालासहितको २५ करोड रुपैंया बजेट रहेको रणनैतिक सडकको बरुवा बजारमा उहाँले शिलान्यास गर्नुभयो ।

विज्ञापन ३

त्यस्तै, नारायणी तटबन्धन आयोजना भरतपुरद्वारा निर्माण हुन लागेको करीब २० करोड रुपैंया बजेटको टम्टा, परुई, मगोई र चितई खोला तटबन्धन कार्यक्रमको प्रचण्डले टम्टा बजारमा शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रमहरुमा प्रचण्डसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव, प्रादेशिक श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल अविनाश एवं भरतपुर र माडीका नगरप्रमुख लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया