चितवन । माडी नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षहरु सहित निर्वाचित जनप्रतिनिधीहरुले कार्यभार सुरु गरेको एक सय दिन पुरा भएको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भई जेष्ठ ६ गते सपथग्रहण भएको थियो । सपथग्रहण लगत्तै सोही दिन मेयर, उपमेयर र वडाध्यक्षहरुले आ-आफ्नो कार्यालय प्रवेश गरी कार्यभार ग्रहण गरेका थिए ।
कार्यकाल सुरु गरेको १०० दिनसम्मको अवधीलाई राजनैतिक वृत्तमा हनिमुन पिरियड भन्ने गरिन्छ । सामान्यतः सय दिनअघिको समयलाई कुनै पनि सरकारको सफलता र असफलताको रूपमा मूल्यांकन गर्ने र आलोचना गर्ने गरिँदैन ।
सय दिन पूरा भएपछिको अवधीका आधारमा भने सरकार सफल या असफल कुन बाटोमा छ भन्ने विश्लेषण गरिन्छ ।