बिहिबार, पुष ११, २०८१
बिहिबार, पुष ११, २०८१

देश-प्रदेश खबर पोष्ट

नेकपा एमालेबाट प्रदेशसभा चितवन ३ (ख) मा माडीकी नेतृ बिष्ट उम्मेदवार बन्ने निश्चित

  • A
  • A+
  • A++

चितवन । आसन्न प्रदेशसभा निर्वाचन अन्तरगत चितवनको क्षेत्र नं. ३ (ख) मा नेकपा (एमाले)बाट माडीकी नेतृ सरस्वती बिष्ट उम्मेदवार बन्ने निश्चित भएको छ ।

विज्ञापन १

देशकै बहुचर्चित निर्वाचन क्षेत्र मानिएको चितवन क्षेत्र नं. ३ अन्तरगत माडी क्षेत्र समेट्ने प्रदेशसभा (ख) मा एमालेका प्रदेश सदस्य समेत रहनुभएकी नेतृ बिष्ट उम्मेदवार चयन हुने निश्चित भएको एमाले श्रोतले जनाएको हो ।

विज्ञापन २

प्रदेशसभा अन्तरगत क्षेत्र नं. ३ (क)मा भने सोही क्षेत्रका निवर्तमान प्रदेश सांसद कृष्ण भुर्तेल नै उम्मेदवार बन्नुहुने निश्चित भएको जनाइएको छ ।

विज्ञापन ३

एमालेबाट चितवन ३ मा प्रतिनिधीसभा उम्मेदवारका रुपमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको नाम एकल रुपमा सिफारिस भएपनि राप्रपासँग वार्ता बाँकी रहेकाले उहाँको टिकट टुंगिएको छैन ।

एमालेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने भएको छ भने क्षेत्र नम्बर १ को उम्मेदवार टुंगो लागि नसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया