माडी, चितवन । पाँचदलीय गठबन्धन अन्तरगत चितवन क्षेत्र नम्वर १ मा नेपाली काँग्रेले डा. विश्व पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
आइतबार बिहान बसेको काँग्रेसको बैठकले चितवन १ मा रत्ननगर निवारी अर्थशास्त्री डा.पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहनुभएका डा. पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्निया (बर्कले)बाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ ।
सोही निर्वाचन क्षेत्रबाट आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्ले, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्ने आकंक्षा राख्नुभएको थियो ।