मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

निकुञ्जबाट हरेक रात निक्लने जंगली हात्ती धपाउन माडीमा गाउँलेहरु रातभर गस्ती गर्दै

  • A
  • A+
  • A++

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट हरेक रात निक्लने जंगली हात्ती धपाउन माडीमा निकुञ्ज छेउका गाउँलेहरुले रातभर गस्ती गर्नुपरेको छ ।

विज्ञापन १

जंगली हात्तीको बथान हरेक दिन साँझ पर्नासाथ निकुञ्ज नजिकका बस्तीहरुमा धान खान जंगल बाहिर निक्लने गरेको छ । बर्षभर खाने बाली जोगाउन स्थानीय गाउँलेहरु रातभर ट्रयाक्टर चढी टर्चलाइट र लठ्ठीको भरमा हात्ती निक्लिएतर्फ टर्च बाली दौडदै र होहल्ला गर्दै हात्ती धपाउने प्रयास गर्दै आएका छन् ।

विज्ञापन २

हात्ती पीडित क्षेत्रका गाउँमा पालो लगाई अनिवार्य रुपमा रातभर हात्ती धपाउन गस्तीमा जानैपर्ने नियम बनाइएको छ । स्थानीय मध्यवर्ती उपभोक्ता समिति र वडा कार्यालयले व्यवस्था गरिदिएको ट्रयाक्टर गुडाउँदै रात्री गस्तीको पालो लगाएका गाउँलेहरु रातभर नसुती निकुञ्ज छेउ खेतमा खटिँदै आएका छन् ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया